काठमाडौं- काठमाडौंको महांकालस्थित् वीर अस्पतालमा लागेको आगो नियन्त्रणमा आएको छ।
वीरको रातो भवनको चौथो तलामा रहेको कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागमा बुधबार दिउँसो लागेको आगो त्यसको केहीबेरमै नियन्त्रणमा आएको हो।
विद्युतको तार सर्ट भएर उक्त विभागको सोफाबाट आगो सल्किएको थियो। समयमै प्रहरीलाई खबर गरेका कारण आगो नियन्त्रणमा आएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।