काठमाडाैं–पहाडी भूभागमा आशिंक बदली रहे पनि देशका अन्य भागको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बुधबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहने विभागको दाबी छ।
दिउँसो देशको अधिकांश पहडाी भूभागमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेकोसमेत विभागले जनाएको छ।
राति भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताइएको छ। राति पनि देशका पहाडी भू–भागका एक दुई ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।