काठमाडौं- सरकारले आयुर्वेद चिकित्सा परिषद्, नेपालमा अध्यक्ष र रजिष्ट्रार नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा सन्तोष ठाकुरलाई परिषद्को अध्यक्ष र डा निर्मल भुसाललाई रजिष्ट्रारमा नियुक्त गरेको हो।
दुवै जनाले मंगलबार नियुक्ति पत्रसमेत बुझिसकेका छन्। उनीहरुले बिहीबार पदवहाली गर्ने तय भएको छ।
यसअघि नियुक्त भएका अध्यक्ष प्राडा धनिकलाल भरखेल र रजिष्ट्रार डा नारायण श्रेष्ठको पदावधि सकिएको थियो।
फागुन १७ गतेदेखि उनीहरू दुवैको पदवाधि सकिएपछि परिषद्मा यी पद रिक्त थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।