काठमाडाैं- महान्यायाधिवक्ता कार्यालयले कसूरको अनुसन्धान, अभियोजन तथा अन्य काम कारबाहीका लागि नयाँ शब्दावली सार्वजनिक गरेको छ।
महान्यायाधिवक्ता रमेश बडालको नेतृत्वमा बसेको मुद्दा व्यवस्थापन समितिको बैठकले मुलुकी संहिताहरू समेतका नयाँ कानुनहरूले गरेको कानुनी व्यवस्था तथा विश्वमा आएको परिवर्तित अवधारणा समेतलाई मध्यनजर गरी यस्तो व्यवस्था गरेको हो।
अनुसन्धान, अभियोजन तथा अन्य काम कारबाहीमा प्रयोग गरिँदै आएको शब्दावलीहरूको सट्टा नयाँ शब्दहरू प्रयोगमा ल्याउन देशभरका सरकारी वकिलको कार्यालयलाई निर्देशन दिइएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए।
यसअघि अपराधको रूपमा प्रयोग गरेको शब्दावलीलाई अब कसूर भन्नु पर्ने छ। त्यस्तै, अपराधीलाई कसूरदार र सफल भएको मुद्दालाई कसूर ठहर भन्नु पर्ने महान्यायाधिवक्ता कार्यालयको निर्देशनमा उल्लेख छ।
महान्यायाधिवक्ता कार्यालय बालबालिकाको हकमा झन् संवेदनशील भएको भन्दै पाँच सम्बाेधनलाई परिर्वतन गरेको छ। अब बालबालिकालाई प्रतिवादी भन्न पाइने छैन। उनीहरूलाई कानुनको विवादमा परेको बालक/बालिका भन्नु पर्ने छ।
उनीहरूको हकमा अपराध भन्न पाइने छैन। कसूरजन्य कार्य भन्नु पर्नेछ। बलबालिकाको हकमा हिरासत शब्द पनि प्रयोग गर्न पाइने छैन उनीहरूलाई निगरानी कक्षमा राखिएको भन्नु पर्नेछ। त्यस्तै, उनीहरूलाई पक्राउ गरिएको नभई नियन्त्रणमा लिइएको छ भन्नु पर्नेछ। बालबालिकाको हकमा बयान भन्न पाइने छैन, सोधपुछ भन्नु पर्नेछ।
यस्ता छन् प्रयोग हुने नयाँ शब्दावली :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।