काठमाडौं–मौसम सामान्यतया सफा रहे पनि देशका अधिकांश स्थानमा तुवाँलो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको विभागको भनाइ छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ।
पहाडी भू–भागका एक–दुई स्थानमा अपराह्नपछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।