काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिनियाँ कम्पनीको काेभिड खाेप भेराेसेल चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको छ।
मन्त्रालयकाे निर्णय अनुसार मंगलबार ( आज) देखि नै खाेप लगाउन सकिने बताइएकाे छ।
यस्तै मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउने निर्णय गरेको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए।
उनका अनुसार स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ।
यस्तै ४० वर्षदेखि ५९ वर्षका सर्वसाधरण नागरिकले पनि खोप केन्द्रमा गएर कोभिड विरुद्धको खोप लगाउन सक्नेछन्।
चैत २९ गतेसम्म ३१ हजार व्यक्तिले भेराेसेल खाेप लगाएकाे उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।