• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

तीन ‘गुन्डा नाइके’को सम्पत्ति शुद्धीकरण मुद्दा : ११ औं पटक दोस्रो नम्बरमा पेशी तोकियो, तर सुनुवाइ भएन 

64x64
दुर्गा दुलाल मंगलबार, चैत ३१, २०७७  ०७:०५
1140x725

काठमाडौं- सर्वोच्च अदालको इजलास नम्बर १ मा सोमबार तीन गुन्डा नाइकेहरूको सम्पत्ति शुद्धीकरणको मुद्दा बिहान १० बजे पेशी तोकियो। सरकारी वकिलको कार्यालयले बहसको तयारी दुई दिन अघिदेखि गरिरहेको थियो। 

विशेष अदालतबाट सफाइ पाएका उनीहरूलाई उन्मुक्ति दिन नहुने पक्षमा बहस गर्न पुगेका सरकारी वकिलहरू इजलासमा पुग्दा मुद्दाको सुनुवाइ सरेको जानकारी पाए। उनीहरूको मुद्दा न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासमा पेशी तोकिएको थियो। 

उक्त इजलासको दोस्रो पेशी सूचीमा उनीहरूको मुद्दाको पेशी रहेको थियो। पहिलो पेशीमा धेरै मुद्दा भएको अवस्थामा दोस्रो सुुनुवाइ हुने सम्भावना देखिएको थिएन तर, पक्षका कानुन व्यवसायीहरूले नै निवेदन दिएर उक्त मुद्दाको सुनुवाइ हटाएपछि मुद्दाको सुनुवाइ १५ दिनका लागि पछाडि सरेको छ। 

चक्रे मिलन भन्ने मिलन गुरुङ, गणेश लामा र पर्शुराम बस्नेतको मुद्दा एउटै इजलासमा एकैपटक पेशी परेका थिए। चक्रे मिलनको मुद्दा २ नम्बरमा रहेको थियो भने बस्नेतको ३ नम्बर र लामाको पाँचौ नम्बरमा पेशी रहेको थियो। बस्नेतको मुद्दा हेर्न नमिल्ने हुँदै स्थगित भयो भने लामा र गुरुङको मुद्दा पक्षका कानुन व्यवसायीहरूले निवेदन दिएर हटाएका थिए। 

सर्वोच्च अदालतमा तीन गुन्डा नाइकेहरू गणेश लामा, चक्रे मिलन र पर्शुराम भन्ने कृष्ण बस्नेतको मुद्दा पेशीमा चढेको यो ११औं पटक हो। यसअघि १० पटकसम्म पेशी चढेपनि सुनुवाइ हुन सकेको थिएन। हालसम्म २० न्यायाधीशको इजलासमा पेशी तोकिएकोमा २०७७ असार ३ गते विपक्षी झिकाउने आदेश भएको थियो। 

गैरकानुनी गतिविधिबाट आर्थिक लाभ लिई सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुरुमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

विशेष अदालतले सफाइ दिएपछि त्यसविरुद्ध विभाग सर्वोच्चमा पुगेको थियो। विशेषले पाँच जनामध्ये गणेश लामालाई मात्र दोषी ठहर गर्दै अन्यलाई सफाइ दिएको थियो। सम्पत्ति शुद्धीकरण ऐन आउनु भन्दा पहिलेको सम्पत्ति आर्जन देखिएको भन्दै अन्य सबैलाई सफाइ दिईएको थियो। सरकारले गणेश लामाविरुद्ध २०७५ पुस ९ मा र लामा स्वंयले २०७५ कात्तिकमा सर्वोच्चमा निवेदन दिएका थिए। त्यस्तै, पर्शुराम बस्नेतविरुद्ध सरकारले २०७५ असार १५ गते सर्वोच्चमा पुनरावलोकन दर्ता गराएको थियो। त्यस्तै चक्रे मिलनविरुद्ध २०७५ जेठ ३० मा निवेदन दर्ता गराएको थियो।   

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पाँच जना गुन्डा नाइकेविरुद्ध मुद्दा दायर गरेको भएपनि चार जनाको मात्र मुद्दा सर्वोच्च पुगेको छ। गण्डकीका प्रदेश सभा सदस्य रहेका दीपक मनाङेका हकमा भने म्याद समाप्त भएपछि मात्र निवेदन पुगेकाले मुद्दा नचल्ने हुँदै समाप्त भएको थियो। मनाङेबाहेक गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी र चक्रे मिलनको मुद्दा सर्वोच्चमा विचाराधीन छ। तीमध्ये गिरी बाहेकको पेशी सोमबार एकै  इजलासमा तोकिएको हो। यसअघि यी मुद्दाहरू फरक फरक इजलासमा पेशी पर्ने गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को अनुसन्धानमा आधारित भएर २०७० साल जेठ ५ गते लामासहित पाँच जना गुन्डा नाइकेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अवैधानिक गतिविधिबाट सम्पत्ति आर्जन गर्ने, व्यक्तिलाई धम्काएर असुल गर्ने र उक्त सम्पत्ति वैधानिक बनाउन विभिन्न स्थानमा लगानी गरेका दाबी विभागले गरेको थियो। 

गणेश लामा
लामा विशेष अदालतबाट दोषी ठहर भएका एकमात्र प्रतिवादी हुन्। एकैपटक मुद्दा दायर भएका अन्य चार आरोपितले सफाइ पाउँदा लामा भने दोषी ठहर भए। यसरी विशेषले अन्यलाई सफाइ दिँदा आफूलाई दोषी ठहर गरेपछि उनी उक्त फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए। त्यस्तै, सरकारी पक्ष पनि विशेष फैसलाविरुद्ध सर्वोच्च पुगेको छ। नेपाली कांग्रेसका नेतासमेत रहेका लामा र सरकारले हालेको पुनरावेदन सर्वोच्च अदालतले २०७६ पुस २२ गते फाइल मगाउने आदेश गर्दै मुद्दा शुरु गरेको थियो। 

लामाले विशेषको फैसलालाई चुनौती दिँदै २०७५ कात्तिक ९ गते पुनरावेदन दर्ता गरेका थिए। लामाले मुद्दा दर्ता गरेको दुई महिनापछि सरकारी पक्षले पनि विशेषको फैसलाविरुद्ध पुनरावेदन दर्ता गरेको थियो। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले फाइल मगाउने आदेश गरेको थियो। 

विशेष अदालतले २०७५ साउनमा दोषी ठहर हुने फैसला सुनाएको थियो। विशेषले उनलाई एक वर्ष कैद र एक करोड ४० लाख ५० हजार बराबरको बिगो बापतको सम्पत्ति जफत हुने फैसला सुनाएको थियो। उनले गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रूपैयाँ सम्पत्ति जोडेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले यस्तो फैसला सुनाएको थियो। मुद्दा दर्ता भएको पाँच वर्षपछि विशेष अदालतले अन्तिम फैसला सुनाउँदै लामालाई  दोषी ठहर गरेको थियो। 

विभाग र प्रहरीको सीआइबीको संयुक्त अनुसन्धानमा लामाको सम्पत्तिको लामो फेहरिस्त देखिएको दाबी गरिएको थियो। लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रशस्त लगानी रहेको दाबी गरिएको थियो। लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी र २७ करोड १ लाख अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो।  

चक्रे मिलन
अवैध असुलीबाट सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण मुद्दा लागेका गुन्डा नाइके चक्रे मिलन अर्थात् मिलन गुरुङले पनि विशेष अदालतबाट सफाइ पाएका थिए। लगत्तै सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन गरेको थियो। विशेषको फैसला त्रुटीपूर्ण रहेको भन्दै सरकारी पक्षले २०७५ जेठ ३० गते सर्वोच्चमा पुनरावेदन दायर गरेको थियो। उक्त निवदनमा सुनुवाइ गर्दै असार ३ गते सर्वोच्च अदालतले विपक्षी झिकाउने आदेश गरेको थियो। 

न्यायाधीश मिरा खड्का र मनोजकुमार शर्माको इजलासले मिलन गुरुङको मुद्दा सर्वोच्चमा शुरु गर्ने आदेश गरेको थियो। तत्कालीन समयमा अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले चार वर्ष लगाएर ५ जना गुन्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो। 

चक्रेले ८ करोड रूपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दाबी अभियोगपत्रमा गरिएको थियो। चक्रे मिलनको नाममा काठमाडौंमा ७ आना जग्गा र उनको परिवारका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा गरी ७ करोड अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो। सर्वोच्चले विशेषको फैसलालाई अब फेरि तथ्य जाँच गर्दै फैसला सुनाउनेछ।

पर्शुराम बस्नेत
अर्का गुन्डा नाइके पर्शुराम बस्नेतको मुद्दा पनि सोमबार एकै इजलासमा पेशीमा चढेको थियो। विशेषले सफाइ दिँदा लिएको आधार त्रुटीपूर्ण भएको सरकारी पक्षको दाबी छ। बस्नेतसँग विभागले ११ करोड बराबरको सम्पत्ति रहेको दाबी गरेको थियो। बस्नेतले श्रीमतीसँगै सहयोगी मुकेश बस्नेतको नाममा गुन्डागर्दीबाट आर्जन गरेको सम्पत्ति लुकाएको दाबी विभागको थियो।

मोरङमा ४२ रोपनी जग्गा, ३ वटा गाडी, एडजोन एडभर्टाइजिङ, पीआर हार्डवेयर, बंगलामुखी बिल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवालगायतमा लगानी गरेको विभागको आरोपपत्रमा दाबी गरिएको थियो।  विशेष अदालतले उनको सम्पत्ति शुद्धीकरण ऐन आउनुअघि आर्जन गरेको भन्दै सफाइ दिएको थियो।

विशेषले बस्नेतलाई २०७४ चैत २५ गते सफाइ दिने फैसला सुनाएको थियो। न्यायाधीशहरू बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले उनलाई सफाइ दिएको थियो। 

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्