कैलाली- सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल धनगढीमा उपचाररत गोदावरी नगरपालिका–३ का एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उपचाररत ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो।
मृतक पुरुषमा जटिल प्रकृतिको श्वासप्रश्वासको समस्या देखिएपछि आइतबार नै अस्पताल भर्ना गरिएको उनले बताए।
कोरोना संक्रमित भई मृत्यु भएका पुरुषको शव व्यवस्थापनक लागि नेपाली सेनासँग समन्वय भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।