काठमाडौं- कोरोना कहरकै बीच एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक लाख २२ हजार ७०४ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।
मार्च महिनामा मात्रै एक हजार पाँचवटा उडान तथा अवतरणमार्फत एक लाख २२ हजारभन्दा बढी यात्रुले हवाई यात्रा गरेको विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिए।
उक्त अवधिमा ५०३ वटा उडान तथा ५०२ वटा अवतरण भएका थिए। विमानस्थल कार्यालयका अनुसार नेपालबाट बाहिरिने यात्रुको संख्या ५५ हजार २३१ रहेको छ भने नेपाल भित्रिनेको संख्या ६७ हजार ४७३ रहेको छ।
त्यसमा पनि सबैभन्दा बढी यात्रु नेपाल एयरलाइन्सले बोकेको छ। नेपाल एयरलाइन्सले १९८ वटा उडान तथा अवतरणमार्फत २७ हजार ४५० यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको तथ्यांक छ।
दोस्रो बढी यात्रु बोक्नेमा कतार एयरवेज रहेको छ। कतार एयरवेजले २५ हजार ५५१ र तेस्रोमा हिमालय एयरलाइन्सले २० हजार ७८७ यात्रुलाई सेवा दिएका छन्।
यस्तो छ मार्च महिनाको हवाई यात्रुको विवरण:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।