काठमाडाैं- काठमाडौंबाट दोलखा जाँदै गरेको बसले सिन्धुपाल्चोकको सुकुटेमा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। खाडीचौरबाट काठमाडौं आउँदै गरेको मोटरसाइकललाई सुकुटेमा बसले ठक्कर दिएको हो।
दुर्घटनामा परी त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको उपचारको क्रममा खाडीचौरमा निधन भएको हो। उनीसँगै रहेका सोमबहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको छ।
उनीहरुको साथमा रहेको सानो बच्चासमेत घाइते भएकाले उपचारका लागि अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानमा बसको गल्ती देखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।