काठमाडौं– कोरोना संक्रमण बढेपछिको अवस्थामा विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायलाई बोलाएको छ।
शिक्षा मन्त्रालयमा सरोकारवाला पक्षबीच हुने छलफलपछि विद्यालय हालकै अवस्थामा सञ्चालन हुने व अनलाइनमार्फत जाने विषयमा निर्णय हुनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्था अनलाइनमार्फत सञ्चाालन गर्न सुझाव दिएपछि शिक्षा मन्त्रालयले सोमबार बिहान निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन, नेपाल (एन प्याब्सन) लगायत शैक्षिक सरोकारवाला निकायलाई छलफल गर्न बोलाइएको हो।
प्याब्सनलगायत विद्यालयका छाता संगठनले भने विद्यालय बन्द गर्न नहुने बताउँदै आएका छन्।
कोरोना संक्रमण बढेपछि शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्ने बिषयमा सुझाव लिन सरोकारवाला निकायलाई बोलाइएको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले बताए।
शैक्षिक संस्था बन्द गर्ने बिषयमा छलफल भए पनि कुनै निर्णय नभएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का सचिव खगराज बरालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।