काठमाडौं- सुदूरपश्चिम प्रदेशको कैलालीका पाँच निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित पाँच सांसदमध्ये दुई जना बिहीबारदेखि बर्खास्त भएका छन्।
नेकपा माओवादी केन्द्रबाट विजयी लेखराज भट्ट र गौरीशंकर चौधरी नेकपा एमालेमा लागेका कारण उनीहरुको सांसद पद खोसिएको हो।
भट्ट कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ र चौधरी क्षेत्र नम्बर ३ बाट विजयी भएका हुन्। निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी सांसद रेशम चौधरी यसअघि नै जेलमा परिसकेका छन्।
अब कैलालीमा क्षेत्र नम्बर ५ का नारदमुनि राना र २ का झपटबहादुर रावलमात्रै बाँकी छन्। राना र रावल दुवै एमालेबाट निर्वाचित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।