काठमाडाैं–गायक मिस्टर सुवोधले कान्छी बोलको गीत सार्वजनिक गरेका छन्। निलो आकाश नामको एल्वममा समावेश गरिएको कान्छी बोलको गीत सुवोधकै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतमा गायक मिस्टर सुवोधसँगै बोसन ब्याण्डका सुवास राईको शब्द रहेको छ। त्यस्तै गीतमा कल्याण सिंहले संगीत भरेका छन्।
गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको छ। लक्ष्मण पुन, रोशनी थापा, नविन सापकोटा, चन्द्रा थापा, दीपक सुवेदी, धर्मेन्द्र पुर्जा, प्रकाश कँडेल लगायतको अभिनय रहेको भिडियोलाई लक्ष्मण पुनले निर्देशन गरेका हुन्।
भिडियो खिच्ने काम भने गोविन्द विष्टले गरेका छन्। भिडियोको सम्पादन निर्देशक पुनले नै गरेका हुन् भने कलर करेक्सन दिपेश चौधरीले गरेका छन्। भिडियोको सम्पूर्ण छायांकन जापानमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।