काठमाडाैं- नाइजेरियाली सेनाको ‘अल्फा जेट’ विमानको ‘राडर’सँग सम्पर्कविच्छेद भएको छ।
उक्त विमान स्थानीय समय अनुसार साँझ ५ बजेर ८ मिनेट जाँदा राडरसँगको सम्पर्कभन्दा बाहिर गएको नाइजेरियाली वायु सेनाका प्रवक्ता एडवर्ड गाब्वेटले बिहीबार पुष्टि गरेका छन्।
विमान नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट सम्पर्कबाहिर पुगेको बताइएकाे छ। विमानमा कति यात्रु रहेका थिए भन्नेबारे जानकारी प्राप्त भइसकेको छैन।
विमानले उत्तरपूर्वमा चलिरहेको विद्रोह नियन्त्रणका लागि खटिएको सैनिक समूहको बन्दोबस्तीका सामान लिएर गएको थियाे। विमानको खोज र उद्धार प्रयास जारी रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।