काठमाडाैं- भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी दुई जनाको मृत्यु भएको छ। पश्चिम बङ्गालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको छ।
ठूल्ठूला भेला हुन प्रतिबन्ध लगाइए पनि बङ्गाल राज्यको सत्तारुढ त्रिणमुल कङ्ग्रेस र भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताहरुबीच ठाउँठाउँमा झडप भएका छन्।
बिहीबार नन्दीग्रामको मतदान केन्द्र बाहिर भेला भएका ठूलो संख्याका पश्चिम बङ्गालकी मुख्यमन्त्री एवं त्रिणमुलकी अध्यक्ष ममता बनर्जीको पार्टी त्रिणमुल कङ्ग्रेस र भाजपाका समर्थक कार्यकर्ताबीच झडप भएका छन्।
निर्वाचन आयोगले चार जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाए पनि दुबै दलले त्यसलाई अवज्ञा गरेका छन्।
पश्चिम बङ्गालमा आठ चरणमा मतदान हुँदैछ र सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। आगामी अप्रिल २९ मा अन्तिम चरणको चुनाव हुनेछ।भारतमा हाल पश्चिम बङ्गाल सहित असम, केरला, तमिल नाडु र पुडुचरीमा विधान सभाको चुनाव हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।