काठमाडौं–जनावरका लागि पनि कोरोना भाइरसविरुद्धको खोप बनाइएको छ।
रुसले जनावरका लागि कोरोना भाइरसविरुद्धको खोपको विकास गरेको सरकारी अधिकारीले जनाएका छन्। खोपको विकास रुसको संघीय पशु स्वास्थ्य केन्द्रले गरेको हो।
रुसको कृषिसम्बन्धी नियामक निकायले बुधबार यो खोप प्रयोगका लागि उपयुक्त रहेको निष्कर्ष सार्वजनिक गरेको हो।
खोपको विकास गरेको संस्थाले गत अक्टोबरदेखि यसको परीक्षण गरिरहेको थियो। उनीहरूले कुकुर, बिरालोलगायत जनावरमा यो खोपको परीक्षण गरेको ब ताएका छन्।
परीक्षणले यो खोप जनावरका लागि हानिकारक नरहेको पुष्टि भएको परीक्षणमा संलग्न अधिकारीहरूले जनाएका छन्।
खोपले जनावरको शरीरमा एन्टीबडी उत्पादन गरेर कोरोनाभाइरसविरुद्ध लड्न सहयोग गर्ने भएकाले यो शतप्रतिशत उपयोगी र प्रभावकारी देखिएको परीक्षणमा संलग्न स्वास्थ्य अधिकारीले बताए।
सबै जनावरलाई लगाउने गरी आगामी अप्रिलदेखि यसको प्रयोग पनि सुरु हुने अधिकारीहरूको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।