काठमाडौं–जापानले म्यानमारलाई दिँदै आएको आर्थिक सहायता दिन बन्द गर्ने घोषणा गरेको छ।
प्रजातान्त्रिक प्रक्रिया अबरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै सहयोग रोकेको जापानी अधिकारीले बताएका छन्।
जापान म्यानमारका लागि सबैभन्दा ठूलो दातृ मुलुक हो।
संसदमा सम्बोधन गर्दै जापानी विदेश मन्त्री तोसिमिचु मोटेगीले म्यानमारका निम्ति सबैभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने जापान प्रमुख राष्ट्र भएको बताए। अब म्यानमारलाई नयाँ सहायता भने नदिइने उनले बताए।
नयाँ सहायता मात्र रोकिने स्थानीय सञ्चार माध्यमले जनाएका छन्। हाल सञ्चालनमा रहेका आयोजनामा हुने लगानी भने यथावत् विदेश मन्त्रालयलाई उद्धृत गर्दै सञ्चारमाध्यममा उल्लेख छ।
यसअघि नै अमेरिका, बेलायत र युरोपेली युनियनले विभिन्न किसिमका प्रतिबन्ध घोषणा गरिसकेका छन्।
म्यानमारमा प्रजातन्त्रको पुनर्वहालीका लागि भएको प्रदर्शनमा हालसम्म ५०० जनाभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।