काठमाडाैं- रुसको संघीय पशु स्वास्थ्य केन्द्रले जनावरका लागि कोरोना भाइरसविरुद्ध खोप बनाइएको छ। जनावरका लागि बनाइएको पहिलो खोपको विकास रुसले गरेको सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन्।
रुसको कृषिसम्बन्धी नियामक निकायले बुधबार दिएको जानकारी अनुसार संस्थाले गत अक्टोबरदेखि यसको परीक्षण गरिरहेको थियो। उनीहरूले कुकुर, बिरालोलगायतका जनावरमा यो खोपको परीक्षण गरेका थिए।
परीक्षणले यो खोप जनावरहरूका लागि हानिकारक नरहेको पुष्टि भएको परीक्षणमा संलग्न अधिकारीहरूले जनाएका छन्।
‘यो खोपले जनावरको शरीरमा एन्टीबडी उत्पादन गरेर कोरोनाविरुद्ध लड्न सहयोग गर्ने भएकाले यो शतप्रतिशत उपयोगी र प्रभावकारी देखिएको छ,’ एक स्वास्थ्य अधिकारीले भने।
सबै जनावरलाई लगाउने गरी आगामी अप्रिलदेखि यसको प्रयोग पनि सुरु हुने अधिकारीहरूको भनाइ छ। त्यसपछि अरू देशहरूलाई पनि आवश्यकतानुसार खोप उपलब्ध गराउन सकिने उनीहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।