काठमाडाैं- यमनमा काेराेना भाइरसविरुद्धकाे खाेप अभियान बुधबारदेखि सुरु गरिएकाे छ। विश्व स्वास्थ्य संगठनले काेभ्यासअन्तर्गत खाेप उपलब्ध गराएकाे एक सातापछि अभियान सुरु गरिएकाे हाे।
राेयटर्सका अनुसार विश्व स्वास्थ्य संगठनले ३ लाख ६० हजार डाेज खाेप उपलब्ध गराएकाे छ। 'कोभक्स खोपहरू निःशुल्क उपलब्ध हुनेछन्, र देश भरमा वितरित हुनेछन्,' सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने, 'थप डाेजहरू मेमा आउँछन्।'
यमनमा जारी युद्धका कारण काेराेना परीक्षण प्रतिबन्धित लगाइएकाे छ। हुथी विद्राेही समूहले ठूला शहरी केन्द्रहरूलाई नियन्त्रणमा राखेकाे कारण काेराेना परीक्षण स्थगित भएकाे हाे। ।
उक्त समूहले गत मेदेखि काेराेना संक्रमितकाे संख्याबारे जानकारी दिएकाे छैन। यद्यपि, यमनको आपत्कालीन कोरोना भाइरस समितिका अनुसार मंगलबार १३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। यस्तै १९ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे जनाइएकाे छ।
यमनमा हालसम्म ४१ सयभन्दा बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ। यस्तै ८ सयभन्दा बढीकाे मृत्यु भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।