काठमाडाैं- बर्मेली सेनाले थुनामा राखेकाे प्रजातन्त्रवादी नेत्री आङ सान सू चीको स्वास्थ्य अवस्था सार्वजनिक भएकाे छ। झण्डै दुई महिनादेखि थुनामा रहेकी उनकाे स्वास्थ्यमा कुनै समस्या नरहेको विवरण बुधबार सार्वजनिक गरिएको हो।
कूटनीतिक दबाब अत्यन्त धेरै परेपछि सू चीका वकिलहरुलाई भेट्न दिइएको थियो। उनीहरुले नै उनको अवस्था सामान्य नै रहेको जानकारी दिएका हुन्।
सेनाको कदमको विरोध गर्दै अहिले म्यानमारका दैनिक हजारौँ आन्दोलनकारीले प्रदर्शन गर्ने गरेका छन् भने अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत सेनाको कदमको विरोध भइरहेको छ।
जारी आन्दोलनकामा अहिलेसम्म ५२० भन्दा बढीको मृत्यु भइसकेको छ। केहीदिन अगाडि आन्दोलनका क्रममा एकैदिन झण्डै १०० जनाको मृत्यु भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।