काठमाडौं- सन् २०२१ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि २३ दिनमा १४ टिममा ११३ जनाले अनुमति (परमिट) लिएका छन्। पर्यटन विभागमा अनुसार ८ वटा हिमाल आरोहणका लागि उनीहरुले परमिट लिएका हुन्।
सगरमाथा आरोहणका लागि ४ टिमका ४६ जनाले परमिट लिएका छन्। सगरमाथा आरोहणका लागि परिमट लिएका मध्ये १६ जना बराइनी राजकुमारसहितको सदस्य हो।
यसैगरी, अन्नपूर्ण हिमाल अरोहणका लागि २ दलका ३० जनाले अनुमति लिइसकेका छन्। त्यसमा १३ जना महिला र १७ जना पुरुष रहेकाे विभागले जनाएकाे छ। मनास्लु हिमाल आरोहणका लागि १ जना र नुप्त्से हिमाल आरोहणकमा लागि ४ जनाले अनुमति लिएका छन्।
यसैगरी, ४ टीममा ४४ जनाले अन्नपूर्ण हिमाल आरोहणका लागि अनुमति लिएका छन्।
हिमाल आरोहणका लागि अनुमति लिनेको संख्या
पर्यटन विभागले आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन भन्दै ११ वटा शर्त समेत जारी गरिसकेको छ। विभागले एजेन्सीका तर्फबाट पर्वतारोहण सम्बन्धी कार्य गर्नका लागि आधिकारिक व्यक्ति तोकेर पठाउनु पर्ने शर्तसमेत अगाडि सारेको छ।
यसबाहेक विभागले पर्वतारोही दलले पर्वतारोहण बाहेक अन्य थप गतिविधि गर्ने भएमा पर्यटन विभागमा अनिर्वाय जानकारी गराई स्वीकृत लिएर मात्र थप गतिविधि गर्न भनेको छ।
कुनैपनि पर्वतारोही दल तथा दलका सदस्यले फोटो, भिडियो तथा फिल्मिङ सम्बन्धी काम गर्दा आफू सम्बद्ध दल र दलका सदस्यको आरोहण गतिविधिबाहेक अन्यको फोटो, भिडियो खिच्ने तथा फिल्मिङ सम्बन्धी काम गरी त्यसको प्रचार प्रसार तथा प्रकाशन गर्न नपाइने गरी शर्तहरु जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।