काठमाडाैं- चीनको विदेश मन्त्रालयले बीबीसीका पत्रकार जोन सुड्वर्थले प्रक्रिया पूरा नगरी देश छाडेको आारोप लगाएको छ। कुनैपनि कारण जानकारी नगराई जोनले आफ्नो देश छाडेको मन्त्रालयले जनाएको हो।
उनीमाथि कुनै प्रकारको जोखिम भएको जानकारी नभएको पनि मन्त्रालयले जनाएको छ। जोनले चीनको शिन्जियाङ्ग प्रान्तले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरेका प्रयास र त्यसका कमजोरीबारे रिपोर्टिङ्ग गरेका थिए।
केही दिन यता समाचारलाई लिएर उनीमाथि जोखिम बढेको खबर प्रकाशित भएको थियो। ‘उनीमाथि कुनै प्रकारको जोखिम रहेको जानकारी हामीसँग आएको थिएन। यदी आफ्नो समाचार तथ्यपरक छ भन्ने लागेको भए जोनले चीनमै बसेर बहादुरीका साथ चुनौतीको सामना गर्नुपर्ने थियो,’ मन्त्रालयले भनेको छ।
बुधबार पत्रकार सम्मेलनको क्रममा विदेश मन्त्रालयका प्रवक्ताले बीबीसी पत्रकार जोनले प्रक्रिया पूरा नगरी देश छाडेको बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।