काठमाडाैं- ताइवानको विदेश मन्त्रालयमा चिनियाँ साइबर आक्रमण विगत केही वर्षहरुमा धेरै गुणा बढेको तथ्य सार्वजनिक भएकाे छ।
ताइपे टाइम्सले एक स्रोतलाई उद्धत गर्दै प्रकाशित गरेको रिपोर्ट अनुसार २०२० मा ताइवानको विदेश मन्त्रालयको कम्प्युटर प्रणालीलाई लक्षित गर्दै चिनियाँ ह्याकरहरुले २०१८ मा भन्दा करीब ३९ पटक गुणाभन्दा बढी साइबर आक्रमण गरेका छन्।
रिपोर्टका अनुसार गतवर्ष औसत २१ सय आक्रमणहरू भएका थिए र २०१८ मा २० हजार आक्रमणहरू भएका थिए।
अहिलेसम्म करिब ७ लाख ७० भन्दा बढी आक्रमणहरू भएकाे बताइन्छ। २०२० मा भएका कूल आक्रमणमध्ये करिब ४ लाख १० हजार ताइवानी विदेश मन्त्रालयको कम्प्युटरको स्क्यान र अनुसन्धानमा डकुमेन्टमा आक्रमण गरिएकाे थियाे।
करीब १ लाख ५० ईमेल प्रणालीमा आक्रमण भएकाे बताइन्छ। उक्त रिपोर्टमा सोमबार १० जना ह्याकरुहरुकाे मद्दतमा चिनियाँ युद्धक विमान ताइवानको एयर डिफेन्स आईडेन्टिफिकेशन जोन (एडीआईजेड) मा प्रवेश गरेकाे दावी गरिएकाे छ । मार्चमा मात्र हवाई अड्डामा चिनियाँ विमान धेरै पटक प्रवेश गरेकाे जनाइएकाे छ।
चीनले ताइवानमा पूर्ण सार्वभौमिकता दावी गर्दै आएकाे छ। ताइवानकाे जनसंख्या करीब २४ करोड छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।