काठमाडाैं- इन्डोनेसियाकाे राजधानी जकार्तामा रहेकाे राष्ट्रिय प्रहरी मुख्यालय प्रवेश गरेकी एक महिलालाई गोली प्रहार गरिएकाे छ। ती, महिला आक्रमणकारी भएकाे हुनसक्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सी राेयटर्सले जनाएकाे छ
स्थानीय टेलिभिजन स्टेशन टिभी वनले घटनास्थलबाट प्रशारण गरेकाे फुटेजमा एक व्यक्ति भुइँमा लडिरहेकाे देखिन्छ। उनलाई प्रहार गरिएकाे गाेलीकाे आवाज पनि प्रष्ट सुन्न सकिन्छ।
यद्यपि, मृतक आक्रमणकारी हाे वा हाेइन भन्ने प्रहरीले खुलाएकाे छैन। इन्डाेनेसियामा पछिल्लाे समय आतंककारी हमला बढ्दै गएकाे छ।
तीन दिन अगाडि इन्डोनेसियाको सुलावेसी टापुमा रहेको गिर्जाघरमा एक दम्पतिले आत्मघाती बम बिष्फोट गरेका थिए। उक्त बिष्फाेटमा परी २० जना घाइते भएका थिए भने ती दम्पतिकाे मृत्यु भएकाे थियाे।
उक्त आक्रमणपछि १३ जनालाई प्रहरीले नियन्त्रणमा लिइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।