काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४३.३६ अंकको वृद्धि देखिएको छ। परिसूचक १.६८ प्रतिशतले बढेर २६१९.०२ अंकमा कायम भएको छ। आज सेन्सेटिभ परिसूचक ७.४८ अंकले बढेर ४६३.५९ अंकमा कायम भएको छ।
बुधबार २०९ वटा कम्पनीको एक करोड १२ लाख ८१ हजार कित्ता सेयर ६७ हजार १४८ पटक खरिद-बिक्री हुँदा छ अर्ब १६ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
व्यापार समूहको उपसूचक मात्रै ९८.९९ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक ३४९.६८ अंकले बढेको छ भने जीवन बिमा समूहको उपसूचक १६७.९६ अंकले बढेको छ।
त्यस्तै बैंकिङ समूह ४०.८६, होटल तथा पर्यटन समूह ६३.२, विकास बैंक समूह ४२.९२, जलविद्युत समूह ३३.५२ र वित्त समूह ९.३९ अंकले बढेको छ। उत्पादन समूह ३१.८१, अन्य समूह २५.८२, लघुवित्त समूह २७.५९ र लगानी समूह १.७९ अंकले बढेको छ।
आज हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै ३६ करोड ३७ लाख रुपैयाँ बराबरको सात लाख ९९ हजार २५३ कित्ता सेयर कारोबार भएको छ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९.९७ प्रतिशतका दरले कमाएका छन्। साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३.९० प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।