काठमाडाैं- अफगानिस्तानका राष्ट्रपति असरफ घानीले निर्वाचन गरेर मात्रै पद त्याग्ने घोषणा गरेका छन्।
ताजिकिस्तानमा भएको नवौं हार्ट शिखर सम्मेलनमा शान्तिको लागि आफ्नो योजनाको रूपरेखा प्रस्तुत गर्दै उनले निर्वाचन गराएर पद त्याग्ने घोषणा गरेका हुन्।
अमेरिकाले अफगानिस्तानमा युद्धविरामका लागि अहिलेको सरकारलाई हटाउँदै नयाँ संविधान बन्नुभन्दा पहिला अन्तरिम सरकार गठन गर्ने प्रस्ताव गरेको थियो। तर, तालिवानले भने अन्तरिम संविधानले अफगानिस्तानको चुनौती समाधान गर्न नसक्ने बताउँदै आएको छ।
‘सम्भव भएसम्म शीघ्र निर्वाचन गर्ने विषयको म समर्थन गर्छु। निर्वाचित उत्तराधिकारीलाई सत्ता हस्तान्तरण गर्न पाउनु मेरो लागि गर्वको कुरा हुनेछ,’ घानीले भने।
अमेरिकाले शान्त सरकार बनाउन तालिवानसहितको एउटा अन्तरिम सरकार गठनको प्रस्ताव गरेको छ । तर, तालिवाननका प्रवक्ता मुहम्मद नाइमले अन्तरिम सरकार बनाउँदा उक्त सरकार प्रभावहीन हुने र आफूहरुको एजेन्डाले सार्थकता नपाउने सम्भावना रहेको बताएका छन्।
रोयटर्स समाचार एजेन्सीका अनुसार घनीले ६ महिना भित्र राष्ट्रपतिको निर्वाचन गर्ने प्रस्ताव राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।