काठमाडौं–नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन कारोबार प्रणालीमा देखिएको प्राविधिक समस्या डेढ घण्टापछि सुल्झिएको छ।
नेप्सेको अनलाइन कारोबार प्रणाली (नट्स) बाट ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा सेयर कारोबार सम्बन्धी विवरण लोड नभएपछि बुधबार दिउँसो ब्रोकर डिएनए (डाइरेक्ट नट्स एक्सिस) प्रणालीलाई नै बन्द गरिएको थियो।
प्राविधिक समस्या सुल्झिएपछि कारोबार फेरि शुरु भएको र बुधबारको कारोबार समय १ घण्टा थप गर्ने निर्णय गरेको नेप्सले जनाएको छ।
आज सेयर बजारमा दिउँसो ४ बजेसम्म कारोबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।