काठमाडाैं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आधिकारिक वेबसाइट (www.45office.com) सुरु गरेका छन्। समर्थकहरुसँग सम्पर्कमा रहनका लागि छुट्टै वेबसाइट बनाइएकाे हाे।
अघिल्लो महिना फक्स न्यूजसँगको अन्तर्वार्तामा उनका चुनावी प्रवक्ता जेसन मिलरले अबको दुई–तीन महिनाभित्र आफ्नै सोसल मिडिया प्लेटफर्म खोल्ने बताएका थिए।
जनवरी ६ मा भएको अमेरिकी संसद्माथि हमलापश्चात् ट्रम्पलाई ट्विटर, फेसबुक र अन्य चर्चित सामाजिक सञ्जालबाट हटाइएको छ।
यो वेबसाइटको होमपेजमा ट्रम्पका विभिन्न तस्वीरहरु देख्न राखिएकाे छ। वेबसाइटमा ‘अमेरिका फर्स्ट’को एजेन्डालाई अगाडि बढाइराख्नका लागि प्रतिवद्ध रहेको भन्ने सन्देश लेखिएको छ।
‘अबाउट’ मा सीमा सुरक्षा, अन्तर्राष्ट्रिय गठबन्धन, नाटो र कोरोना महामारीमा उनको प्रतिक्रियाजस्ता विषयबारे यसमा विस्तृतमा लेखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।