काठमाडाैं- भारतकाे राजस्थानस्थित जयपुर जिल्ला र सेसन अदालतले १२ इन्जिनियरिङ विद्याथीलाई आतंकवादी गतिविधिमा दोषी ठहर गरेकाे छ।
इस्लामिक मूवमेन्ट अफ इन्डिया (सिमी)सँग जाेडिएका उनीहरुलाई सन् २०१४ मा पक्राउ गरिएकाे थियाे। उक्त मुद्दाकाे सुनुवाई गर्दै न्यायाधीश उमाशंकर व्यासले १३ मध्ये १२ जना आतंकवादी गतिविधिमा संलग्न रहेकाे बताए। एकजनालाई भने रिहा गर्न आदेश दिइएकाे छ।
दोषी ठहर हुनेमा अब्दुल मजेद, मोहम्मद वाहिद, मोहम्मद उमर, मोहम्मद अकीब, मोहम्मद वकार, मोहम्मद अम्मार, बरकत अली, मशराफ इकबाल, मोहम्मद मारूफ, अशरफ अली, मोहम्मद साकीब अन्सारी, वकार अजहर र मोहम्मद सज्जाद छन्। यता, जोधपुर निवासी इश्राफ इकबाल छुटेका छन्।
दैनिक भास्करका अनुसार उनीहरू सबै इन्जिनियरिङका विद्यार्थी थिए। उनीहरुले आतंकवादी संगठन इन्डियन मुजाहिद्दीनका लागि काम गर्दै आएका थिए।
आतंकवादी भनिएका विद्यार्थीमध्ये ६ सीकरका, ३ जोधपुरका र एक/एक जना जयपुर र एक बिहारका छन्। रिहा भएका एक विद्यार्थी जोधपुरका बासिन्दा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।