काठमाडौं- पाकिस्तानका पूर्व अर्थमन्त्री अब्दुल हफीज शेखलाई कोरोना संक्रमण भएको छ। मंगलबार नवनिर्वाचित अर्थमन्त्री हम्मद अजहरले शेखलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
‘पूर्व अर्थमन्त्री हाफिज शेखको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। उनको शिध्र स्वास्थ्य लाभको लागि कामना गर्दछु,’ उनले ट्वीटरमा भनेका छन्।
खानले उनलाई एक दिन अगाडि मात्रै मन्त्रीपदबाट हटाएका थिए। ‘इमरान खानको सरकारले सोमबार शेखलाई अर्थमन्त्रीबाट हटाउने निर्णय गरेको थियो। करको दायरा बढाउने र बिल स्टेट अफ इण्डियालाई स्वायत्तता दिने विषयमा उनको राजीनामा मागिएको थियो,’ जियो न्यूजले भनेको छ।
सन् २०१८ मा खान सत्तामा आएपछि तेस्रोपटक अर्थमन्त्री परिवर्तन गरिएको हो। उनको ठाउँमा उद्योग तथा उत्पादनमन्त्री अजहरलाई नियुक्त गरिएको छ।
बढ्दो मुद्रास्फीतिलाई ध्यानमा राख्दै प्रधानमन्त्री खानले नयाँ अर्थ समिक्षा टोली बनाउने निर्णय गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।