काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३२.१५ अंकको वृद्धि देखिएको छ। आज परिसूचक १.२६ प्रतिशतले बढेर २५७५.६६ अंकमा कायम भएको हो।
आज २०९ वटा कम्पनीको १ करोड २२ लाख कित्ता सेयर ६८ हजार ६४४ पटक खरिद बिक्री हुँदा ६ अर्ब १८ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज व्यापार र उत्पादन समूह क्रमशः २९.७ र ०.२२ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ३९८.३२ अंक र जीवन बीमा समूहको उपसूचक १८६.०८ अंकले बढेको छ।
त्यस्तै, बैंकिङ समूह ८.६८, होटल तथा पर्यटन समूह ११२.९, विकास बैंक समूह ७.७९, जलविद्युत समूह ९५.९८ र वित्त समूह २.३३ अंकले बढेको छ। अन्य समूहमा १०.५१, लघुवित्त समूहमा १४९.६८ र लगानी समूहमा ०.३७ अंकको वृद्धि देखिन्छ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा नेपाल इन्फ्रास्टक्चर बैंकको ४८ करोड रुपैयाँ बराबरको ८ लाख २ हजार कित्ता सेयर कारोबार भएको छ। वमी लघुवित्त वित्तीय संस्थाका लगानीर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने युनाइटेड आइडिआइ मार्दी हाइड्रोपावरका लगानीर्ताले ५.३३ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।