काठमाडौं- तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने फैसलाविरुद्ध पुनरावेदन दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सर्वोच्च अदालतमा पुगेका छन्।
पुनरावेदन निवेदन लिएर प्रचण्डसहित वर्षमान पुन, जनार्द्धन शर्मा, गिरिराजमणि पोखरेललगायत नेताहरू सर्वोच्च पुगेका हुन्।
फागुन २३ मा अदालतले माओवादी केन्द्र र एमाले मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पूर्ववत् रुपमै ब्युँताएपछि माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड सर्वोच्च अदालतमा निवेदन दर्ता गराउन लागेका हुन्।
कानुन व्यवसायीसँगको लगातार परामर्शपछि माओवादीले सर्वोच्चमा निवेदन दिने निर्णय गरेको हो। अदालतले कानुनी सिद्धान्तविपरीत फैसला गरेको देखिएमा पुनरावलोकन गर्न सक्ने प्रावधानअनुसार निवेदन दिन लागेको हो।
फैसला भएको ६० दिनभित्र पुनरावलोकनका लागि निवेदन दिनुपर्ने कानुनी प्रावधान छ।
यो विषयमा अध्यक्ष दाहालले एमाले नेता माधवकुमार नेपालसँग पनि परामर्श गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।