• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पूर्वप्रधानन्यायाधीशका लागि सर्वोच्चले किन्यो १४ वटा क्रेटा कार, आफूखुसी लिइएका पुराना गाडी फर्काइने

64x64
नेपाल लाइभ सोमबार, चैत १६, २०७७  २१:५६
1140x725

काठमाडाैं- सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरूलाई एकै 'ब्रान्ड'का गाडी उपलब्ध गराउन थालिएको छ। अवकाश पाउनेवित्तिकै पूर्वप्रधानन्यायाधीशहरूले अदालतका महंगा गाडी लैजान थालेपछि त्यसको सार्वजनिक आलोचना भएको थियो। त्यसपछि मन्त्रिपरिषद्को निर्णयमा उनीहरूलाई सर्वाेच्चले एकै ब्रान्डका गाडी उपलब्ध गराउन थालेको हो। 

पूर्वप्रधानन्यायाधीशहरूको सुविधाका लागि एउटै मोडलका गाडी उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्‌बाट भएपछि सर्वोच्च प्रशासनले सोही निर्णयको आधारमा १४ वटा गाडी खरिद गरेको थियो। यसरी खरिद भएका गाडीहरू पूर्वप्रधानन्यायाधीशहरूलाई दिने र उनीहरूसँग रहेका गाडी फिर्ता ल्याउने प्रक्रिया पनि अदालत प्रशासनले सुरु गरेको छ।

सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालका अनुसार पूर्वप्रधानन्यायाधीशहरूसँग भएका गाडी जे जस्तो अवस्थामा छन् फिर्ता झिकाउने र नयाँ दिने काम सुरु भएको छ। ढकालका अनुसार नयाँ खरिद गरिएका १४ वटा गाडी हुन्डाईको क्रेटा हुन्।  यसको बजार मूल्य ४६ लाखदेखि माथि पर्छ।

यसअघि पूर्वप्रधानन्यायाधीशहरूले आफू अनुकुलको गाडी लैजाने गरेका थिए। पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले टोयटाको फर्च्युनर लगेका थिए। उक्त गाडी सर्वोच्चले १ करोड २० लाखमा खरिद गरेको थियो।

सुशीला कार्कीले स्करपियो, कल्याण श्रेष्ठले टोयटाको ल्याण्डक्रुजर चढ्ने गरेका थिए। अवकाश पाउने समयमा प्रधानन्यायाधीशहरूले गाडी खरिद गर्ने अनि सँगै लैजाने गरेको भन्दै आलोचना हुँदै आएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

सर्वोच्च प्रशासनलाई पटक-पटक यस्ता गाडी नियन्त्रणमा लिन दबाब पनि पर्ने गरेको थियो। महालेखाको प्रतिवेदनमा समेत पूर्वप्रधानन्यायाधीशको गाडी फिर्ताको विषय परेपछि सर्वोच्चले मन्त्रिपरिषद्‌मामार्फत् सुविधाको निर्णय गराउन पहल गरेको थियो। सोही पहल अनुसार यस्तो गाडी दिइने सर्वोच्चले जनाएको छ। 

सर्वाेच्चले नै पूर्वविशिष्ट अधिकारीहरूलाई कानुन बनाएर मात्र सुविधा दिन आदेश दिएको थियो। तर, सर्वाेच्चकै १४ पूर्वप्रधानन्यायधीशले सो आदेशको खिल्ली उडाउँदै गाडी सुविधा अवैध रुपमा उपभोग गर्दै आएका थिए। 

यो पनि पढ्नुहोस्

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको खोसिएको टोयोटा फर्च्युनर रातारात फर्कियोसोमबार, साउन २६, २०७७

यसअघि पूर्वप्रधानन्यायाधीशहरू सुरेन्द्रप्रसाद सिंह, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केशवप्रसाद उपाध्याय, हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, दामोदर शर्मा, रामकुमार प्रसाद साह, कल्याण श्रेष्ठ, सुशीला कार्की र ओमप्रकाश मिश्रले सर्वोच्चकै गाडी लगेका थिए। सर्वाेच्चको गाडी लगेका कारण मर्मत खर्च समेत उनीहरूले अदालतबाट लिँदै आएका छन्।

यस्तो छ पूर्वप्रधानन्यायाधीशलाई सुविधा
पूर्वप्रधानन्यायाधीशलाई सुविधा दिनका लागि हालसम्म अलग्गै कानुन बनाइएको छैन। पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने भन्दै निर्माण भएको विधेयक संसद्‌मा विचाराधीन छ। तर, यसले कानुनको रुप लिइसकेको छैन। यद्पि, सरकारले भने निर्णय गर्दै यस्तो सुविधा उपलब्ध गराउँदै आएको छ।

हाल सरकारले पूर्वप्रधानन्यायाधीशलाई गाडी र चालक, नायव सुब्बा सरहको कर्मचारी १ जना, कार्यालय सहायक १ जना र ४ जना सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको छ। 

कानुन नहुँदा पूर्वपदाधिकारीलाई सम्बन्धित निकायले नै सुविधा उपलब्ध गराउँदै आएको छ। सर्वोच्चबाट अवकाश पाएका प्रधानन्यायाधीशलाई सर्वोच्च प्रशासनले नै सुविधा उपलब्ध गराउने चलन छ। तर, अदालत प्रशासनले सुविधा उपलब्ध गराउने भएपनि हालसम्म प्रधानन्यायाधीशहरूले गाडी आफूखुशी रोजेर लैजाने गरेका छन्।

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टी नेतृत्वबारे उठाइएका टिप्पणीप्रति एमाले सचिव बस्नेतको आपत्ति
दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्वालिफायर खेल्ने नेपाली टोली घोषणा
पाकिस्तानमा ईद मनाउन निस्किएका सैनिक कर्मचारी बोकेको रेलमा शक्तिशाली विस्फोट, २४ जनाको मृत्यु
सम्बन्धित सामग्री
आज यस्तो रहनेछ देशभरको मौसम आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल... आइतबार, जेठ १०, २०८३
पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुंगे पुल र जलविद्युत्मा क्षति याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घर गोठहरू, सडक, झोलुंगे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्‍याएको हो । शनिबार, जेठ ९, २०८३
झापामा कैदीबन्दीको मृत्यु पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु... शनिबार, जेठ ९, २०८३
ताजा समाचारसबै
पार्टी नेतृत्वबारे उठाइएका टिप्पणीप्रति एमाले सचिव बस्नेतको आपत्ति आइतबार, जेठ १०, २०८३
दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्वालिफायर खेल्ने नेपाली टोली घोषणा आइतबार, जेठ १०, २०८३
पाकिस्तानमा ईद मनाउन निस्किएका सैनिक कर्मचारी बोकेको रेलमा शक्तिशाली विस्फोट, २४ जनाको मृत्यु आइतबार, जेठ १०, २०८३
काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु आइतबार, जेठ १०, २०८३
एमाले सचिवालय बैठक गुण्डुमा सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्