• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भाजपाको राजनीतिमा वाजपेयी र आडवाणीको अविश्वसनीय सम्बन्ध  

बिबिसी सोमबार, चैत १६, २०७७  ०६:५५
1140x725

काठमाडाैं- १९९६ को निर्वाचनको केही महिनाअघि मुम्बईमा शिवाजी पार्कमा भारतीय जनता पार्टीले ठूलो र्‍याली आयोजना गर्‍यो। ६८ वर्षका लालकृष्ण आडवाणी लगभग एक दशकदेखि पार्टी अध्यक्ष थिए। उनले राम मन्दिर आन्दोलन चलाइरेहका थिए, जसले भाजपालाई  एक नयाँ दिशा दिएका थिए। 

उमेरले आडवाणी भन्दा माथि रहेका ७० वर्षका अटल बिहारी वाजपेयी उक्त समयसम्म पार्टी नेतृत्वको दौडमा पछि परिसकेका थिए। पार्टीमा उनको सम्मान थियो तर, जब प्रधानमन्त्रीको कुरा आउँथ्यो नाम आडवाणीकै अगाडि आउने गर्दथ्यो। उक्त दिन शिवाजी पार्कको जनसभामा जब आडवाणीले पार्टीको भावी प्रधानमन्त्रीको उम्मेदवारका लागि वाजपेयीको नाम घोषणा गरे, त्यहाँ रहेका कसैले पनि विश्वास गरेनन्। उनीहरू एक अर्कामा मुखामुख गर्न थाले।

२२ मे १९९६ मा आउटलुक पत्रिकामा छापिएको लेख ‘अ टेल अफ टु चिफ्स मे’मा भनिएको थियो कि जब वाजपेयीले आडवाणीसँग यति महत्वपूर्ण घोषणा गर्नुअघि उनको सहमति किन लिइएन भनेर सोधे। उत्तरमा आडवाणीले उल्टै उनीसँग प्रश्न गरेका थिए। ‘यदि मैले तपाईंलाई सोधेको भए मेरो प्रस्तावलाई हुन्छ भनेर स्वीकार गर्नुहुन्थ्यो?’ 

आरएसएससँग सहमति लिइएन 
वाजपेयी-आडवाणी सम्बन्धमा हालै आएको चर्चित पुस्तक ‘जुगलबन्दी द बीजेपी विफोर मोदी’ मा विनय सीतापतिले उनीहरूको सम्बन्धबारे चर्चा गरेका छन्। उक्त समयमा बीजेपीको महासचिव रहेका गोविन्दाचार्यले उनलाई बताएका थिए कि यति महत्वपूर्ण निर्णय वा घोषणा गर्नुअघि के तपाईले आरएसएससँग नसोधी कसरी गर्नसक्नुहुन्छ ? उनका अनुसार आडवाणीले जवाफ दिएका थिए, ‘यदि मैले उनीहरुलाई सोधेको थिएँ भने हामी हुँदैन थियौं।’

अयोध्या आन्दोलनमा बीजेपीसँग काँधमा काँध मिलाएको विश्व हिन्दु परिषद्लाई पनि यसको सुइँको समेत थिएन। परिषद्का नेता अशोक सिंघलले आडवाणीको मुखबाट वाजपेयीको नाम घोषणा हुने कुरामा आफूहरू अन्जान रहेको बताएका थिए।

आडवाणीले आफ्नो आत्मकथा ‘माइ कन्ट्री माइ लाइफ’मा लेखेका छन्- ‘मैले जे गरेँ त्यो कुनै बलिदानी थिएन। त्यो एक तार्किक आकलनको नतिजा थियो। र, देश तथा पार्टीको हितमा थियो।’ आडवाणीको यो फैसलाको पछाडी बीजेपीका सहयोगी दलहरूमा आडवाणीको तुलनामा वाजपेयी ज्यादा स्वीकारयोग्य विकल्प रहनु बताइएको छ।  

‘हुनसक्छ उक्त समयमा आडवाणी बीजेपीको अधिक भोट प्राप्त गर्थे होला तर, सरकार बनाउनका लागि अन्य सहयोगी दल उपलब्ध नहुनसक्ने थियो’, उनले भने, ‘उक्त समयमा सरकार बनाउनका लागि आवश्यक हुने अन्य दल वाजपेजीसँग सहज थिए।’

उक्त समयमा तृणमूल कांग्रेसका नेता दिनेश त्रिपाठीले आडवाणी धेरै चतुर नेता भएकाले उनले यही कला उक्त दिन प्रयोग गरेको टिप्पणी गरेका थिए। 'यदि बीजेपीले आडवाणीलाई आफ्नो प्रधानमन्त्रीको उम्मेदवार बनाएको थियो भने हामी सर्मथन गर्ने थिएनौं’, उनले भने, ‘अर्को पार्टीभित्रको विद्रोहीलाई मान्ने क्षमता जति वाजपेयीमा थियो त्यो आडवाणीसँग थिएन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

नेहरुको सिद्धान्त मान्थे  वाजपेयी 
वाजपेयी जब १९५७ बलरामपुरबाट चुनावमा विजयी हुँदै लोक सभामा पुगेका थिए, उक्त समयमा उनको उमेर ३३ वर्ष थियो। लोक सभामा उनले प्रवेशसँगै दिएको भाषणले सबैलाई प्रभावित पारे। उनको सिद्धान्तमा प्रधानमन्त्री जवाहरलाल नेहरु पनि थिए। वरिष्ठ पत्रकार आर वी पन्डितले उनका बारेमा एक किस्सा सुनाएका छन्।

‘जब सोभियत संघका प्रधानमन्त्री निकिता खुश्चेव भारत भ्रमणमा आए, तत्कालीन प्रधानमन्त्री नेहरुले वाजपेयीसँग परिचय गराउँदै भनेका थिए, ‘यी भविष्यमा भारतको प्रधानमन्त्री बन्न सक्नेछन्।' खुश्चेवले हाँस्दै भनेका थिए ‘त्यसो भए यसलाई यहाँ किन राखियो? हाम्रो देशमा हो भने त  विद्रोहीलाई राख्ने जेलमा पठाइएको हुन्थ्यो।’

सोही दिन आडवाणीलाई नवनिर्वाचित वाजपेयीको सहयोगका लागि दिल्ली ल्याइएको थियो। आडवाणी सबैभन्दा पहिला वाजपेयीको सरकारी निवास ३० राजेन्द्र प्रसाद रोडमा बसेका थिए। आडवाणीको सुरुदेखि नै फिल्म हेर्ने शाैख थियो। कहिलेकाहीँ वाजपेयी उनका साथ फिल्म हेर्न जाने गर्दथे। 

उक्त समयमा अर्गनाइजरका सम्पादक के आर मलकानीले आफ्नो अखबारमा आडवाणीलाई फिल्म समीक्षा लेख्ने जिम्मेवारी दिएका थिए। आडवाणीले ‘नेत्र’ नाममा छद्‌म नामबाट अर्गनाइजरमा फिल्म समीक्षा लेख्न थालेका थिए। 

Xtrem

Xtrem

सुरुमा वाजेपेयीले आडवाणीको बराबरी दर्जा दिएनन् 
१९६७ मा वाजपेयी फेरि एकपटक निर्वाचन जितेर लोक सभामा आए। आडवाणी दिल्ली महानगरको परिषद् अध्यक्ष चुनिए। वाजपेयीसँग नजिक रहेर काम गरेका एमएम घटाटेले भनेका छन्, ‘उक्त समयसम्म वाजपेयी आडवाणीलाई आफ्नो जुरियर मान्दथे। उनको साथै रहँदा उनलाई मजा आउने गर्दथ्यो। तर, आफ्नो बराबरीको हैसियत उनले दिन चाहेका थिएनन्।’ 

आर बी पन्डितका अनुसार वाजपेयी आडवाणीकी पत्नि कमलाको धेरै सम्मान गर्दथे। आडवाणीको घरमा उनको श्रीमतीको खटनपटन चल्ने गर्दथ्यो। उनी आफ्ना पतिलाई आडवाडी नामले नै बोलाउने गर्दथिइन्। यदि आडवाणी र वाजपेयीका बीचमा कुनै टकराव भयो भने कमलाले मध्यस्थता गरेर मिलाउने गर्दथिन्। उनी वाजपेयीलाई धेरै सम्मान गर्थिन्। 

अयोध्या मुद्दामा आडवाणी र वाजपेयीका बीचमा एकमत भएन 
७० को दशक आउँदै गर्दा वाजपेयी र आडवाणीको सम्बन्धमा झनै प्रगाढता आउन सुरु भएको थियो। उनीहरूका बीचमा यति गाढा सम्बन्ध भयो कि दुईजना सँगै फिल्म हेर्न जान्थे। अनि, गोलकप्पे खाने गर्दथे। उक्त जमानका एक जनसंघका नेताका अनुसार वाजपेयीले आडवाणीलाई यसकारण चुने कि आडवाणीको अंग्रेजी राम्रो थियो। र, उनीमाथि ढुक्कसँग वाजपेयी विश्वास गरेर मनका कुरा शेयर गर्न सक्दथे। वाजपेयी र आडवाणीका बीचको सम्बन्धमा पहिलो दरार अयोध्या आन्दोलनको दौरान देखापर्‍यो। 

जब आडवाणीले अयोध्याको रथयात्रा सुरु गरे, अनुसन्धान ब्युरोका अधिकारीहरूले दिल्लीमा वाजपेयीसँग मिलेर भारतको कयौं क्षेत्रमा हिन्दु–मुसलमान हिंसाको टेप देखाए। 

वाजपेयीले तुरुन्तै आडवाणीलाई फोन गरेर रथयात्रा रोक्न अनुरोध समेत गरे। उनले भनेका थिए- 'तपाई शेरको सवारी गरिरहनु भएको छ।' तर, आडवाणी आफ्नो यात्रामा अडिक रहे र रथयात्रा जारी राखे। वाजपेयीका जीवनीकार विजय त्रिवेदीले आफ्नो किताब ‘हार नही मानुँगा’मा लेखेका छन्- 'वाजपेयीमा यो मान्यता थियो कि वीपी सिंहको सरकार ढाल्नु हुँदैन। तर, वाजपेयीको यो आवाज सुनिएन। पार्टीले निर्णय गर्‍यो- यदि आडवाणीले रथ यात्राबाट उत्रिन बाध्य गराए भने तत्कालीन प्रधानमन्त्री वीपी सिंहले पनि आफ्नो कुर्सीबाट हट्नुपर्नेछ।’ 

विनय सीतापतिका अनुसार जब वाजपेयीले पार्टीमा अलग-थलग परे, उनी बाध्य भएर ५ डिसेम्बरमा लखनउ पुगेर अयोध्या आन्दोलनको सर्मथनमा जोडदार भाषण गर्नुपर्‍यो।

‘वाजपेयीको यो चरित्र पछि कयौंपटक देख्न पर्‍यो। २००२ को गुजरात दंगामा पनि उनी यही मोडमा उभिन बाध्य भए’, सीतापति भन्छन, ‘सुरुमा वाजपेयीले गुजरात दंगामा नरेन्द्र मोदीको भूमिकामाथि आलोचना गरेका थिए। जब पार्टीले उनको पक्ष लिएन उनी आफ्नो पूर्ववत् अडानबाट पछि हट्न बाध्य भए।'

आडवाणी कार्यवाहक प्रधानमन्त्री बनेनन् 
आडवाणी वाजपेयीको मन्त्रिमण्डलमा दोस्रो नम्बरमा थिएनन्। यसको महसुस पहिलोपटक अक्टुबर २००० मा वाजपेयी आफ्नो घुडाँको अप्रेसन गर्न मुम्बईको एक अस्पतालमा भर्ना भएपछि खुलेको थियो। उनी अस्पतालमा रहँदा आडवाणीले कार्यवाहक प्रधानमन्त्री पाउने आस गरेका थिए। तर, अस्पताल रहँदासम्म वाजपेयीले अस्पतालबाटै ब्रजेश मिश्राको नेतृत्वमा प्रधानमन्त्री कार्यालय चलाए। यो विवादमा के के कत्यालले दि हिन्दुमा १० अक्टुबर २००० मा प्रधानमन्त्रीबिना कसरी चल्दैछ भनेर टिप्पणी नै लेखेका थिए। 

वाजपेयी राष्ट्रपति र आडवाणी प्रधानमन्त्री 
अप्रिल २००२ मा आरएसएसका प्रमुख रहेका रज्जु भैयाले वाजपेयीको निवासमा पुगेर अबको राष्ट्रपति वाजपेयी बनेर आडवाणीलाई प्रधानमन्त्री बनाउने हो कि भनेर प्रस्ताव राखे? तर, आडवाणीका लागि यो कुराको जानकारी थिएन। न त आरएसएसभित्र छलफल नै भएको थियो। वाजपेयीलाई भेटेको भोलिपल्ट रज्जु भैयाले आडवाणीसँग भेटेर नास्ता खाँदै वाजपेयीलाई राखेको प्रस्तावबारे चर्चा गरेका थिए।

रज्जु भैयाले दोस्रो लहरमा उभिएका व्यक्तिहरूलाई पनि मौका दिनुपर्ने भन्दै यस्तो प्रस्ताव गरेका थिए। रज्जु भैयाले पनि आफ्नो पद त्यागेर सुदर्शनका लागि बाटो खाली गरेका थिए। यसकारण उनले शीर्ष नेताहरूसँग यस्तो आग्रह गरेका थिए। यो प्रस्तावलाई वाजपेयीले सिधै अस्वीकार त गरेनन् तर यो सबै आडवाणीको योजनामा भएको ठाने।

उनले निकै चतुर्‍याइसँग यो योजना असफल पारे। राष्ट्रपति पदका लागि उनले एपिजे अब्दुल कलामको नाम अगाडि सारे। वियन सीतापतिका अनुसार आडवाणी आफूले आफूलाई एक हिन्दुवादी नेता अधिक देखाउने गर्थे। तर, उनी वास्तममा अर्कै थिए। त्यस्तै, वाजपेयी आफूलाई नेहरुवादी–उदारवादी देखाउन खोज्थे। तर, उनी त्यसको पथमा देखिँदैनथे। यी दुवै एकप्रकारको मुखौटा थिए भन्न सकिने उनको बुझाइ  छ। यी दुवैका बीचमा धेरै रोचक सहकार्य थियो। दुवैले दुईपटक एक अर्काको नेतृत्वमा काम गरेका छन्। १९५७ देखि १९५८ सम्म वाजपेयी नेता थिए भने १९८६ देखि १९९५ मा राजनीतिले उग्र मोड लिदाँ आडवाणी वाजपेयीका नेता बने। 

बल्लभभाई पटेलले सँधै नेहरुको मुनि रहेर काम गरे।  यो विश्वको राजनीतिक रंगमञ्चमा अचम्मको दृश्य थियो। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओमाबाले आफ्ना उपराष्ट्रपति जो बाइडेनको मुनि रहेर कहिल्यै काम गरेनन्। तर, वाजपेयी र आडवाणीका बीचमा यो लागू भएन। कुनै समयमा यी दुईका बीचमा अनेक नेताहरू आएर सम्बन्ध खटपट हुँदा र संकट आउँदा एकअर्काको साथमा उभिएका थिए। एकपटक मुरली मनोहर जोशीले आडवाणीविरुद्ध माहोल बनाउने कोशिस गरेका थिए। उक्त कदमलाई वाजपेयीले सर्मथन गरेनन्। उनले उक्त समयमा भनेका थिए, ‘आडवाणी र वाजपेयी एक बृद्ध दम्पती जस्तै हुन् जो अम्सर पार्कमा बसेको देखिन्छ।’ उनीहरुले हरेक संकटको समयमा एक अर्काबीचमा कोही आएमा बचाउ गर्ने गरेका थिए। 

-बिबिसी हिन्दीबाट

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  ०६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
सम्बन्धित सामग्री
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। शुक्रबार, असोज २३, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै अगस्ट १ यता यमनभर १ लाख... बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्