• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भाजपाको राजनीतिमा वाजपेयी र आडवाणीको अविश्वसनीय सम्बन्ध  

बिबिसी सोमबार, चैत १६, २०७७  ०६:५५
1140x725

काठमाडाैं- १९९६ को निर्वाचनको केही महिनाअघि मुम्बईमा शिवाजी पार्कमा भारतीय जनता पार्टीले ठूलो र्‍याली आयोजना गर्‍यो। ६८ वर्षका लालकृष्ण आडवाणी लगभग एक दशकदेखि पार्टी अध्यक्ष थिए। उनले राम मन्दिर आन्दोलन चलाइरेहका थिए, जसले भाजपालाई  एक नयाँ दिशा दिएका थिए। 

उमेरले आडवाणी भन्दा माथि रहेका ७० वर्षका अटल बिहारी वाजपेयी उक्त समयसम्म पार्टी नेतृत्वको दौडमा पछि परिसकेका थिए। पार्टीमा उनको सम्मान थियो तर, जब प्रधानमन्त्रीको कुरा आउँथ्यो नाम आडवाणीकै अगाडि आउने गर्दथ्यो। उक्त दिन शिवाजी पार्कको जनसभामा जब आडवाणीले पार्टीको भावी प्रधानमन्त्रीको उम्मेदवारका लागि वाजपेयीको नाम घोषणा गरे, त्यहाँ रहेका कसैले पनि विश्वास गरेनन्। उनीहरू एक अर्कामा मुखामुख गर्न थाले।

२२ मे १९९६ मा आउटलुक पत्रिकामा छापिएको लेख ‘अ टेल अफ टु चिफ्स मे’मा भनिएको थियो कि जब वाजपेयीले आडवाणीसँग यति महत्वपूर्ण घोषणा गर्नुअघि उनको सहमति किन लिइएन भनेर सोधे। उत्तरमा आडवाणीले उल्टै उनीसँग प्रश्न गरेका थिए। ‘यदि मैले तपाईंलाई सोधेको भए मेरो प्रस्तावलाई हुन्छ भनेर स्वीकार गर्नुहुन्थ्यो?’ 

आरएसएससँग सहमति लिइएन 
वाजपेयी-आडवाणी सम्बन्धमा हालै आएको चर्चित पुस्तक ‘जुगलबन्दी द बीजेपी विफोर मोदी’ मा विनय सीतापतिले उनीहरूको सम्बन्धबारे चर्चा गरेका छन्। उक्त समयमा बीजेपीको महासचिव रहेका गोविन्दाचार्यले उनलाई बताएका थिए कि यति महत्वपूर्ण निर्णय वा घोषणा गर्नुअघि के तपाईले आरएसएससँग नसोधी कसरी गर्नसक्नुहुन्छ ? उनका अनुसार आडवाणीले जवाफ दिएका थिए, ‘यदि मैले उनीहरुलाई सोधेको थिएँ भने हामी हुँदैन थियौं।’

अयोध्या आन्दोलनमा बीजेपीसँग काँधमा काँध मिलाएको विश्व हिन्दु परिषद्लाई पनि यसको सुइँको समेत थिएन। परिषद्का नेता अशोक सिंघलले आडवाणीको मुखबाट वाजपेयीको नाम घोषणा हुने कुरामा आफूहरू अन्जान रहेको बताएका थिए।

आडवाणीले आफ्नो आत्मकथा ‘माइ कन्ट्री माइ लाइफ’मा लेखेका छन्- ‘मैले जे गरेँ त्यो कुनै बलिदानी थिएन। त्यो एक तार्किक आकलनको नतिजा थियो। र, देश तथा पार्टीको हितमा थियो।’ आडवाणीको यो फैसलाको पछाडी बीजेपीका सहयोगी दलहरूमा आडवाणीको तुलनामा वाजपेयी ज्यादा स्वीकारयोग्य विकल्प रहनु बताइएको छ।  

‘हुनसक्छ उक्त समयमा आडवाणी बीजेपीको अधिक भोट प्राप्त गर्थे होला तर, सरकार बनाउनका लागि अन्य सहयोगी दल उपलब्ध नहुनसक्ने थियो’, उनले भने, ‘उक्त समयमा सरकार बनाउनका लागि आवश्यक हुने अन्य दल वाजपेजीसँग सहज थिए।’

उक्त समयमा तृणमूल कांग्रेसका नेता दिनेश त्रिपाठीले आडवाणी धेरै चतुर नेता भएकाले उनले यही कला उक्त दिन प्रयोग गरेको टिप्पणी गरेका थिए। 'यदि बीजेपीले आडवाणीलाई आफ्नो प्रधानमन्त्रीको उम्मेदवार बनाएको थियो भने हामी सर्मथन गर्ने थिएनौं’, उनले भने, ‘अर्को पार्टीभित्रको विद्रोहीलाई मान्ने क्षमता जति वाजपेयीमा थियो त्यो आडवाणीसँग थिएन।’ 

nimb
nimb
Ncell 2
Ncell 2

नेहरुको सिद्धान्त मान्थे  वाजपेयी 
वाजपेयी जब १९५७ बलरामपुरबाट चुनावमा विजयी हुँदै लोक सभामा पुगेका थिए, उक्त समयमा उनको उमेर ३३ वर्ष थियो। लोक सभामा उनले प्रवेशसँगै दिएको भाषणले सबैलाई प्रभावित पारे। उनको सिद्धान्तमा प्रधानमन्त्री जवाहरलाल नेहरु पनि थिए। वरिष्ठ पत्रकार आर वी पन्डितले उनका बारेमा एक किस्सा सुनाएका छन्।

‘जब सोभियत संघका प्रधानमन्त्री निकिता खुश्चेव भारत भ्रमणमा आए, तत्कालीन प्रधानमन्त्री नेहरुले वाजपेयीसँग परिचय गराउँदै भनेका थिए, ‘यी भविष्यमा भारतको प्रधानमन्त्री बन्न सक्नेछन्।' खुश्चेवले हाँस्दै भनेका थिए ‘त्यसो भए यसलाई यहाँ किन राखियो? हाम्रो देशमा हो भने त  विद्रोहीलाई राख्ने जेलमा पठाइएको हुन्थ्यो।’

सोही दिन आडवाणीलाई नवनिर्वाचित वाजपेयीको सहयोगका लागि दिल्ली ल्याइएको थियो। आडवाणी सबैभन्दा पहिला वाजपेयीको सरकारी निवास ३० राजेन्द्र प्रसाद रोडमा बसेका थिए। आडवाणीको सुरुदेखि नै फिल्म हेर्ने शाैख थियो। कहिलेकाहीँ वाजपेयी उनका साथ फिल्म हेर्न जाने गर्दथे। 

उक्त समयमा अर्गनाइजरका सम्पादक के आर मलकानीले आफ्नो अखबारमा आडवाणीलाई फिल्म समीक्षा लेख्ने जिम्मेवारी दिएका थिए। आडवाणीले ‘नेत्र’ नाममा छद्‌म नामबाट अर्गनाइजरमा फिल्म समीक्षा लेख्न थालेका थिए। 

सुरुमा वाजेपेयीले आडवाणीको बराबरी दर्जा दिएनन् 
१९६७ मा वाजपेयी फेरि एकपटक निर्वाचन जितेर लोक सभामा आए। आडवाणी दिल्ली महानगरको परिषद् अध्यक्ष चुनिए। वाजपेयीसँग नजिक रहेर काम गरेका एमएम घटाटेले भनेका छन्, ‘उक्त समयसम्म वाजपेयी आडवाणीलाई आफ्नो जुरियर मान्दथे। उनको साथै रहँदा उनलाई मजा आउने गर्दथ्यो। तर, आफ्नो बराबरीको हैसियत उनले दिन चाहेका थिएनन्।’ 

आर बी पन्डितका अनुसार वाजपेयी आडवाणीकी पत्नि कमलाको धेरै सम्मान गर्दथे। आडवाणीको घरमा उनको श्रीमतीको खटनपटन चल्ने गर्दथ्यो। उनी आफ्ना पतिलाई आडवाडी नामले नै बोलाउने गर्दथिइन्। यदि आडवाणी र वाजपेयीका बीचमा कुनै टकराव भयो भने कमलाले मध्यस्थता गरेर मिलाउने गर्दथिन्। उनी वाजपेयीलाई धेरै सम्मान गर्थिन्। 

अयोध्या मुद्दामा आडवाणी र वाजपेयीका बीचमा एकमत भएन 
७० को दशक आउँदै गर्दा वाजपेयी र आडवाणीको सम्बन्धमा झनै प्रगाढता आउन सुरु भएको थियो। उनीहरूका बीचमा यति गाढा सम्बन्ध भयो कि दुईजना सँगै फिल्म हेर्न जान्थे। अनि, गोलकप्पे खाने गर्दथे। उक्त जमानका एक जनसंघका नेताका अनुसार वाजपेयीले आडवाणीलाई यसकारण चुने कि आडवाणीको अंग्रेजी राम्रो थियो। र, उनीमाथि ढुक्कसँग वाजपेयी विश्वास गरेर मनका कुरा शेयर गर्न सक्दथे। वाजपेयी र आडवाणीका बीचको सम्बन्धमा पहिलो दरार अयोध्या आन्दोलनको दौरान देखापर्‍यो। 

जब आडवाणीले अयोध्याको रथयात्रा सुरु गरे, अनुसन्धान ब्युरोका अधिकारीहरूले दिल्लीमा वाजपेयीसँग मिलेर भारतको कयौं क्षेत्रमा हिन्दु–मुसलमान हिंसाको टेप देखाए। 

वाजपेयीले तुरुन्तै आडवाणीलाई फोन गरेर रथयात्रा रोक्न अनुरोध समेत गरे। उनले भनेका थिए- 'तपाई शेरको सवारी गरिरहनु भएको छ।' तर, आडवाणी आफ्नो यात्रामा अडिक रहे र रथयात्रा जारी राखे। वाजपेयीका जीवनीकार विजय त्रिवेदीले आफ्नो किताब ‘हार नही मानुँगा’मा लेखेका छन्- 'वाजपेयीमा यो मान्यता थियो कि वीपी सिंहको सरकार ढाल्नु हुँदैन। तर, वाजपेयीको यो आवाज सुनिएन। पार्टीले निर्णय गर्‍यो- यदि आडवाणीले रथ यात्राबाट उत्रिन बाध्य गराए भने तत्कालीन प्रधानमन्त्री वीपी सिंहले पनि आफ्नो कुर्सीबाट हट्नुपर्नेछ।’ 

विनय सीतापतिका अनुसार जब वाजपेयीले पार्टीमा अलग-थलग परे, उनी बाध्य भएर ५ डिसेम्बरमा लखनउ पुगेर अयोध्या आन्दोलनको सर्मथनमा जोडदार भाषण गर्नुपर्‍यो।

‘वाजपेयीको यो चरित्र पछि कयौंपटक देख्न पर्‍यो। २००२ को गुजरात दंगामा पनि उनी यही मोडमा उभिन बाध्य भए’, सीतापति भन्छन, ‘सुरुमा वाजपेयीले गुजरात दंगामा नरेन्द्र मोदीको भूमिकामाथि आलोचना गरेका थिए। जब पार्टीले उनको पक्ष लिएन उनी आफ्नो पूर्ववत् अडानबाट पछि हट्न बाध्य भए।'

आडवाणी कार्यवाहक प्रधानमन्त्री बनेनन् 
आडवाणी वाजपेयीको मन्त्रिमण्डलमा दोस्रो नम्बरमा थिएनन्। यसको महसुस पहिलोपटक अक्टुबर २००० मा वाजपेयी आफ्नो घुडाँको अप्रेसन गर्न मुम्बईको एक अस्पतालमा भर्ना भएपछि खुलेको थियो। उनी अस्पतालमा रहँदा आडवाणीले कार्यवाहक प्रधानमन्त्री पाउने आस गरेका थिए। तर, अस्पताल रहँदासम्म वाजपेयीले अस्पतालबाटै ब्रजेश मिश्राको नेतृत्वमा प्रधानमन्त्री कार्यालय चलाए। यो विवादमा के के कत्यालले दि हिन्दुमा १० अक्टुबर २००० मा प्रधानमन्त्रीबिना कसरी चल्दैछ भनेर टिप्पणी नै लेखेका थिए। 

वाजपेयी राष्ट्रपति र आडवाणी प्रधानमन्त्री 
अप्रिल २००२ मा आरएसएसका प्रमुख रहेका रज्जु भैयाले वाजपेयीको निवासमा पुगेर अबको राष्ट्रपति वाजपेयी बनेर आडवाणीलाई प्रधानमन्त्री बनाउने हो कि भनेर प्रस्ताव राखे? तर, आडवाणीका लागि यो कुराको जानकारी थिएन। न त आरएसएसभित्र छलफल नै भएको थियो। वाजपेयीलाई भेटेको भोलिपल्ट रज्जु भैयाले आडवाणीसँग भेटेर नास्ता खाँदै वाजपेयीलाई राखेको प्रस्तावबारे चर्चा गरेका थिए।

रज्जु भैयाले दोस्रो लहरमा उभिएका व्यक्तिहरूलाई पनि मौका दिनुपर्ने भन्दै यस्तो प्रस्ताव गरेका थिए। रज्जु भैयाले पनि आफ्नो पद त्यागेर सुदर्शनका लागि बाटो खाली गरेका थिए। यसकारण उनले शीर्ष नेताहरूसँग यस्तो आग्रह गरेका थिए। यो प्रस्तावलाई वाजपेयीले सिधै अस्वीकार त गरेनन् तर यो सबै आडवाणीको योजनामा भएको ठाने।

उनले निकै चतुर्‍याइसँग यो योजना असफल पारे। राष्ट्रपति पदका लागि उनले एपिजे अब्दुल कलामको नाम अगाडि सारे। वियन सीतापतिका अनुसार आडवाणी आफूले आफूलाई एक हिन्दुवादी नेता अधिक देखाउने गर्थे। तर, उनी वास्तममा अर्कै थिए। त्यस्तै, वाजपेयी आफूलाई नेहरुवादी–उदारवादी देखाउन खोज्थे। तर, उनी त्यसको पथमा देखिँदैनथे। यी दुवै एकप्रकारको मुखौटा थिए भन्न सकिने उनको बुझाइ  छ। यी दुवैका बीचमा धेरै रोचक सहकार्य थियो। दुवैले दुईपटक एक अर्काको नेतृत्वमा काम गरेका छन्। १९५७ देखि १९५८ सम्म वाजपेयी नेता थिए भने १९८६ देखि १९९५ मा राजनीतिले उग्र मोड लिदाँ आडवाणी वाजपेयीका नेता बने। 

बल्लभभाई पटेलले सँधै नेहरुको मुनि रहेर काम गरे।  यो विश्वको राजनीतिक रंगमञ्चमा अचम्मको दृश्य थियो। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओमाबाले आफ्ना उपराष्ट्रपति जो बाइडेनको मुनि रहेर कहिल्यै काम गरेनन्। तर, वाजपेयी र आडवाणीका बीचमा यो लागू भएन। कुनै समयमा यी दुईका बीचमा अनेक नेताहरू आएर सम्बन्ध खटपट हुँदा र संकट आउँदा एकअर्काको साथमा उभिएका थिए। एकपटक मुरली मनोहर जोशीले आडवाणीविरुद्ध माहोल बनाउने कोशिस गरेका थिए। उक्त कदमलाई वाजपेयीले सर्मथन गरेनन्। उनले उक्त समयमा भनेका थिए, ‘आडवाणी र वाजपेयी एक बृद्ध दम्पती जस्तै हुन् जो अम्सर पार्कमा बसेको देखिन्छ।’ उनीहरुले हरेक संकटको समयमा एक अर्काबीचमा कोही आएमा बचाउ गर्ने गरेका थिए। 

-बिबिसी हिन्दीबाट

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  ०६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे पूर्वाधारमन्त्री सुनिल लम्सालले खोले मुख
सभामुख अर्याल र संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीबीच भेटवार्ता
सम्बन्धित सामग्री
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता पाकिस्तानका अनुसार ‘इस्लामाबाद एमओयू’ कार्यान्वयनमा आइसकेको छ। अमेरिकी अधिकारीहरूका अनुसार उक्त समझदारीमा इरानले परमाणु हतियार नबनाउ... बिहीबार, असार ४, २०८३
अमेरिका-इरानबीच शान्ति सम्झौता, शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा गर्दै यसको औपचा... सोमबार, असार १, २०८३
अमेरिका–इरान शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी सम्झौतामा मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र सम्झौता अन्तिम रूप लिने अपेक्षा गरिएको र इलेक्ट्रोनिक... आइतबार, जेठ ३१, २०८३
ताजा समाचारसबै
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड बिहीबार, असार ४, २०८३
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे पूर्वाधारमन्त्री सुनिल लम्सालले खोले मुख बिहीबार, असार ४, २०८३
सभामुख अर्याल र संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीबीच भेटवार्ता बिहीबार, असार ४, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ४, २०८३
पूर्वाधारको बजेट नै नबुझ्ने गरी बनाएका थियौं : भौतिकमन्त्री लम्साल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्