काठमाडौँ – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ ।
एमाले नेता राजेन्द्र गौतमले राति साढे १० बजेअघि नै नतिजा सार्वजनिक हुने बताएका हुन् ।
मतदान स्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा गौतमले मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने बताएका छन् ।
‘हाम्रो जम्मा मतदाताहरूको संख्या र भोटिङ मेसिनलाई लाग्ने समयलाई काउन्ट गर्दा खेरी एक जना व्यक्तिलाई एक जना व्यक्तिलाई २० मिनेट लाग्ने र एक पटकमा ८० जनाले भोट खसाल्न पाउने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यसरी हेर्दा टेन्टेटिभ्ली आठ-साढे आठ घण्टामा हामीले मतदान सक्काउँछौँ भन्ने तयारी अनुसार, निर्वाचन आयोगले दिएको सूचना अनुसार हामी अगाडि बढेका हौँ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।