काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन चलिरहेको बेला ईश्वर पोखरेल समूहले प्यानल सार्वजनिक गर्न थालेको छ।
महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलमा महासचिवमा सुरेन्द्र पाण्डेलाई अगाडि बढाइने भएको छ ।
यस्तै उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको एक नेताले बताए।
अन्य पदका उम्मेदवार पनि टुंगो लगाउन छलफल चलिरहेको ती नेताको भनाइ छ।
मंगलबार नेतृत्व चयनका लागि मतदानको तयारी हुँदै गर्दा अध्यक्ष केपी ओलीलाई पोखरेलले चुनौती दिँदैछन्।
निर्वाचन कार्यतालिका अनुसार, अहिले बिहान १०ः३० बजेबाट उम्मेदवारी दर्ता खुल्ने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।