अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलातर्फ आवातजावत गर्ने सबै प्रतिबन्धित तेल ट्यांकरहरुमा पूर्ण नाकाबन्दीको आदेश दिएका छन् ।
बुधबार ट्रुत शोसलमा एक पोस्ट लेख्दै ट्रम्पले भेनेजुएलाविरुद्ध आतंकवाद, ड्रग्स तस्करी र मानव तस्करीको आरोप लगाएका छन् ।
उनले भनेका छन्, ‘यसकारण आज म भेनेजुएला भित्रिने र त्यहाँबाट आउने सबै प्रतिबन्धित तेल ट्यांकरमा पूरै र सम्पूर्ण नाकाबन्दीको आदेश दिएको छु ।’
एक साता अघि नै अमेरिकाले भेनेजुएालको तट नजिक एक तेल ट्यांकर जफत गरेको थियो । यस कदमलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले समुद्री लुटको आरोप लगाएका थिए ।
ट्रम्पको यो नयाँ आदेशले अन्तर्राष्ट्रिय स्तरमा तेलको मूल्यमा ठूलो अन्तर पार्नसक्ने अनुमान गरिएको छ । अमेरिकाले क्यारेबियन क्षेत्रमा आफ्नो एयरफोर्स र नौसेना तैनाथ गरेको छ । यसमा परमाणु ऊर्जाबाट चल्ने सबमरिन, जासुसी विमान र १५ हजार सैनिक छन् । अमेरिकाले यस क्षेत्रमा गरेका आक्रमणहरुमा पनि अहिलेसम्म ८० भन्दा धेरैको ज्यान गएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।