काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको धेरै पटक कानुनी र राजनीतिक तथा मानवअधिकार मामिला सल्लाहकार समेत रहेका पूर्वमन्त्री अग्नि खरेल ईश्वर पोखरेल प्यानलमा पुगेका छन् ।
ओली प्यानलबाट पदाधिकारी नपरेपछि सचिवमा उम्मेदवारी दिएका खरेललाई पोखरेल प्यानलले समेटेको छ । स्थायी कमिटी सदस्य रहेका खरेल सचिवका दाबेदार थिए ।
उनले उपमहासचिव भन्दा तल प्यानल नबनाउन ओलीलाई आग्रह गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।