प्रतिकात्मक तस्बिर।
काठमाडाैं- क्यानडाको बैकवर शहरमा शनिबार एक सार्वजनिक लाइब्रेरीमा चक्कु प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।
यो लाइब्रेरी व्यस्त बजारको नजिकै रहेको थियो। प्रहरीका अनुसार उक्त घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार दिउँसो उक्त आक्रमण भएको थियो।
केही मानिसले भिडियो समेत बनाएका थिए। जसलाई सामाजिक सञ्जालमा राखिएको थियो। प्रहरीका अनुसार उक्त चक्कु प्रहारबाट ६ जना घाइते भएका थिए भने एक महिलाको मृत्यु भएको थियो।
पीडितसँग जोडिएका अन्य विवरण सार्वजनिक गरिएको छैन। सामाजिक सञ्जालमा रहेको भिडियोमा एक व्यक्तिलाई नियन्त्रणमा लिएको देख्न सकिन्छ। ती व्यक्तिले हातमा चक्कु लिएको देखिन्छ।
पक्राउ परेका व्यक्तिको अपराधी पृष्ठभूमि रहेको पाइएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले उत्तरी बैकवरको यो घटनालाई लिएर निन्दा व्यक्त गरेका छन्। उनले घाइतेहरूको उपचार र उनीहरूको स्वास्थ्य लाभको कामना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।