काठमाडाैं- भारतको उत्तर प्रदेश कानपुरको एलपीएस इस्टिट्यूट अफ कार्डियोलोजीमा आइतबार बिहान आगलागी भएको छ। आगो पहिलो तलाको आकस्मिक कक्षबाट सुरु भएको थियो।
आगलागीपछि अस्पताल परिसरमा भागदौड मच्चिएको थियो। अस्पताल व्यवस्थापनका अनुसार भुँई तला र पहिलो तलाको सिसा फुटाएर सबै बिरामीलाई अस्पतालबाट बाहिर निकालिएको छ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला प्रशासन कार्यालयलाई तत्काल सहयोग र उद्धारमा लाग्न निर्देशन दिएका छन्। उनले घटनाको जाँचका लागि एक उच्चस्तरीय समिति पनि गठन गरेका छन्।
आगलागीमा परि ज्यान जाने र घाइतेको विवरण भने सार्वजनिक हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।