काठमाडौं–प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएका म्यानमारका जनतामाथि सैनिक दमन दैनिक बढ्दै छ।
प्रदर्शनकारीमाथि सैनिकले गोली चलाउँदा एकै दिन एक सय जनाभन्दा बढी मारिएका छन्।
म्यानमारका विभिन्न स्थानमा शनिबार भएको प्रदर्शनका क्रममा १ सय जनाभन्दाको मृत्यु भएको अन्तराष्ट्रिय समाचारहरुमा उल्लेख छ।
फेव्रुअरी १ मा त्यहाँको सेनाले ‘कू’ गरी सत्ता हातमा थिएको थियो। त्यसपछि त्यहाँका जनता प्रजातन्त्र पुनःस्थापनाको माग राख्दै निरन्तर आन्दोलन गरिरहेका छन्।
योसँगै म्यानमारमा मारिने प्रदर्शनकारीको संख्या ४ सय नाघेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।