काठमाडाैं- अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा विद्रोही लडाकूले गरेको आक्रमणमा परी कम्तीमा १० प्रहरीको मृत्यु भएको हाे।
नार–ए–सारज जिल्लाको याक्लिङ क्षेत्रमा शनिबार विहानै प्रहरी चौकीमा आक्रमण गरी कम्तीमा १० प्रहरी अधिकारीको हत्या गरिएकाे एक स्थानीय अधिकारीले शनिबार पुष्टि गरे।
ती अधिकारीका अनुसार विद्रोहीले चौकीमा आक्रमण गरेपछि करिब तीन घण्टा आक्रमण भएको थियो। घटनामा केही तालिवान लडाकूहरू पनि मारिएका बताइएको छ।
घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ। आक्रमणपछि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।