काठमाडाैं- इजिप्टको राजधानी कायरोमा एक अपार्टमेन्ट भत्किँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार शनिबार बिहान ३ बजे भएको घटनामा अन्य २४ जना घाइते भएको इजिप्टको सरकारी समाचार एजेन्सी मेनाले जनाएको छ।
‘भग्नावशेषमा फसेका अन्य व्यक्तिको खोजि भइरहेको छ। घाइते भएका २४ जनालाई उपचारको लागि नजिकैको अस्पताल लगिएको छ,’ कायरोका प्रशासनिक प्रमुख खालिद अब्देल अलले भने।
प्रहरीले घटनास्थललाई घेरा हालेर हालेर अन्य व्यक्तिको खोजि गरिरहेको छ। साथै बुलडोजर प्रयोग गरेर खोजिकार्य तिव्र बनाइएको उनले जानकारी दिए।
‘उक्त अपार्टमेन्ट कसरी ढल्यो भनेर अनुसन्धान भइरहेको छ। अन्य अपार्टमेन्टहरूको संरचनात्मक जाँच गर्न एक छानबिन समिति गठन गरिएको छ,’ अब्देल अलले भने।
इजिप्टमा भवन ढल्नु कुनै अनौठो कुरा होइन । यहाँका ग्रामीण इलाकाहरूमा तिव्र बिकास भइरहेको छ। कायरो र भूमध्यसागर अलेक्जान्ड्रियाको ठूला सहरहरूमा विकासकर्ताले भवन निर्माणका मपदण्डहरु बारम्बार उल्लघंन गर्दै आएका छन्। सरकारले पनि प्रयाप्त अनुगमन गर्न सकेको छैन।
सरकारले हालसालै देशभरि अवैध भवन निर्माण गर्ने र तोकिएको मापदण्ड उल्लघंन गर्नेलाई कानुनी कठघरामा उभ्याउन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।