काठमाडाैं- कतारमा काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थालेकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ६०२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
शुक्रबार थपिएकाे ६२० सहित कतारमा कुल संक्रमितकाे संख्या १ लाख ७६ हजार पुगेको बछ। काेराेना संक्रमणबाटै २८२ जनाकाे मृत्यु भइसकेकाे छ।
कतारकाे राजधानी दोहाम संक्रमितहरु बढी मात्रामा देखिएका छन्। दाेहामा सरकारले आवश्यक सुरक्षा अपनाएर मात्रै घरबाट बाहिर निस्कन नागरिकहरुलाई सूचना जारी गरेकाे छ।
कतारमा कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई तिब्रता दिइएको छ। अहिलेसम्म सात लाखलाई खोप दिइसकेकाे मन्त्रालयले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।