काठमाडाैं- पूर्वी लेबननमा चार सिरियाली नागरिक मृत फेला परेका छन्। समाचार संस्था रोयटर्सका अनुसार दुई महिला र दुई बालबालिका शुक्रबार मृत अवस्थामा फेला परेका हुन।
लेबनानी नागरिक सुरक्षा, सेना र सुरक्षा बलले ती चार जनालाई मृत्यु अवस्थामा फेला पारेको लेबनानको बालबेक तथा हर्मेल क्षेत्रका गभर्नर बचिर खोडरले जानकारी दिए।
‘यो घटनाबारे अनुसन्धान सुरु गरिनेछ। मानव तस्करी हो कि होइन भनेर भनेर त्यसपछि मात्रै थाहा हुनेछ,’ उनले भने।
सन् २०११ मा सिरियामा द्वन्द्व सुरु भएपछि लेबननमा एक लाखभन्दा बढी सिरियाली शरणार्थीहरू भागेर पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।