काठमाडाैं- म्यानमारमा सुरक्षाकर्मीको गोली प्रहारबाट शनिबार थप ५० प्रदर्शनकारीको मृत्यु भएको छ। याेसँगै जारी आन्दाेलमा ज्यान गुमाउनेकाे संख्या ३ यस ७० नाघेकाे छ।
समाचार संस्था रोयटर्सका अनुसार शनिबार याङ्गुन सहरस्थित डाला उपनगरमा प्रहरी स्टेसन अगाडि चार जनाको घटनास्थलमै मृत्यु भएको थियाे। उक्त घटनामा १० जना घाइते भएको बताइएको छ।
यता इनसेन जिल्लामा स्थानीय अण्डर २१ फुटबल टोलीबाट खेलिरहेका एक खेलाडीसहित तीन जनालाई गोली हानेर मारिएकाे स्थानीयवासीले जानकारी दिएका छन्।
स्थानीय समाचार पाेर्टल म्यानमार नाउका अनुसार मान्डालेका विभिन्न स्थामा भएकाे घटनाहरूमा १३ प्रदर्शनकारीकाे मृत्यु भएकाे छ। पूर्वमा मण्डालय, लासियो, बागो र होपिनमा पनि प्रदर्शनकारीको मृत्यु भएको छ।
शनिबार मात्र म्यानमारका शासक तथा सेना प्रमुख मिन अङ लाइङले लोकतन्त्रको रक्षा गर्ने बताएका थिए। ‘हामी जनतासँग मिल्न चाहन्छौं, किनभने लोकतन्त्रको रक्षा गर्नुपर्छ। नाजायज माग राखेर हिंसा भड्काइएको छ, यसले देशमा स्थिरता र नागरिकको सुरक्षा प्रभावित तुल्याउँछ,’ उनले भनेका छन्।
यता अपदस्थ सांसदद्वारा गठित सीआरपीएच नामक समूहका प्रवक्ता डाक्टर सासाले सुरक्षाकर्मीको लागि आज लज्जास्पद दिन भएकाे टिप्पणी गरेका छन्।
‘आज सुरक्षाकर्मीको लागि लज्जास्पद दिन हो। निर्दोष नागरिकको हत्या गरेर सशस्त्र सेना दिवस मनाइरहेका छन्,’ उनले भने।
गत फेब्रुअरी १ यता सैन्य 'कू'विरुद्ध स्थानीय नागरिकले विभिन्न सहरमा सेनाविरुद्ध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीले लोकतन्त्र पुनर्स्थापनाको माग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।