काठमाडाैं- चीन सरकारले बेइजिङमा रहेका विदेशी नागरिकहरूका लागि काेराेना भाइरसविरूद्धको खोप अभियान सुरु गरेकाे छ। विदेशीहरूका लागि चीनमा निर्माण भएको ‘सार्स–कोभ–२’ नामक खोप प्रयोग गरिनेछ।
महानगरीय विदेश मामिला कार्यालयले शुक्रबारबाट बेइजिङमा रहेका १८ वर्ष माथिका विदेशी नागरिकका लागि खोप उपलब्ध गराइने जनाएको छ।
विदेशी नागरिकले विदेशी भएको पुष्टि गर्ने प्रमाणका लागि आफूसँग उपलब्ध राहदानी र आवासीय अनुमति कार्डलाई खोप लगाउँदा साथमा लिएर जानुपर्ने पनि बताइएको छ। खाेप लगाउन अनुमति लिएपछि कुनै पनि व्यक्तिले पायक पर्नेगरी स्थानीय निकायले तोकेको स्थानमा गई सेवा लिनसक्ने अधिकारीहरूले बताएका छन्।
बेइजिङको सामाजिक मेडिकल विमा कार्यक्रममा जोडिएका विदेशी नागरिकलाई विमापत्र अनुसार खोप निःशुल्क लगाइने छ तर विमामा नजोडिएका विदेशी नागरिकले भने प्रतिव्यक्ति प्रतिमात्रा ९३.५ चिनियाँ युआन (करिब १४.४ अमेरिकी डलर) सेवाशुल्क तिनुपर्नेछ।
यद्यपि कार्यलयले भने खाेप अनिवार्य नरहेकाे जनाएकाे छ।
'खोप लगाउनका लागि सेवाग्राही स्वयम्ले चासो देखाउनु पर्ने र खोपबाट कुनै जोखिम आएमा खोप लिने व्यक्ति स्वयम् जिम्मेवार रहने शर्तमा खोप दिइनेछ', कार्यालयले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ। खोपले पूर्णतया काम गर्न दुई मात्रा लगाउनै पर्ने मन्त्रालयले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।