काठमाडाैं- अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्ले लगाएकाे प्रतिबन्ध उत्तर कोरियले उल्लघंन गरेकाे आराेप लगाएकाे छ। बिहीबार उत्तर कोरियाले सी अफ जापानमा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि अमेरिकाले उक्त प्रतिक्रिया दिएकाे हाे।
अमेरिकाको सत्तामा जो वाइडेन आएपछि उत्तर कोरियाले पहिलोपटक यस्तो परीक्षण गरेको हो। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रावधान अनुसार उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्न पाउँदैन।
'यस्तो कार्यले सम्पूर्ण क्षेत्रमा तनाव बढाउने छ र साथै अन्य देशहरुमा गलत सूचना प्रवाह हुन्छ,' अमेरिकाले शुक्रबार जारी गरेकाे विज्ञप्तिमा भनिएको छ।
अमेरिकाले उत्तर कोरियामाथि पुन: प्रतिबन्ध चेतावनीसमेत दिएकाे छ। सम्भवत: आज बस्न लागिएकाे संयुक्त राष्ट्र संघको बैठकले यसकाे निर्णय लिनेछ।
यता दक्षिण कोरिया समाचार एजेन्सीले अमेरिकी सुरक्षा विभागको एक ईमेल उद्धृत गर्दै लेखेकाे छ, 'उत्तर कोरिया अवैध रूपमा आणविक र ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आएकाे छ। उत्तर कोरियाका प्रमुख किम जाेङ उनकाे याे कदम अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि खतरनाक छ।'
बिहीबार उत्तर कोरियाले छोटो दूरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेकाे थियाे। मिसाइलका कुने पनि भग्नावशेष वा अंश आफ्नो स्वामित्वको जल क्षेत्रमा नखसेको जापानले बताएको छ।
आइतबार मात्रै उत्तर कोरियाले यल्लो सी मा दुईवटा नन–ब्यालेस्टिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो। क्रुज मिसाइलको परीक्षण प्रतिबन्धित छैन। तर ब्यालेस्टिक मिसाइललाई खतरनाक हतियार मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।