काठमाडाैं- इजिप्टमा दुई रेल ठाेकिँदा ३२ जनाकाे मृत्यु भएकाे छ। घटनामा ६० जनाभन्दा बढी घाइते भएकाे इजिप्ट रेलवे प्राधिकरणले पुष्टि गरेकाे छ। सोहाग सहर नजिकै अज्ञात व्यक्तिले आपतकालीन ब्रेक लगाउँदा दुई रेल ठाेक्किएकाे हाे।
स्वास्थ्य मन्त्रालयले दुर्घटनास्थलमा ३६ वटा एम्बुलेन्स पठाएकाे जानकारी दिएकाे छ। घाइतेहरुलाई स्थानीय अस्पतालमा लगिएको मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।
स्थानीय मिडियाका अनुसार आपतकालीन ब्रेक लगाउँदा ब्रेक लगाउँदा एक रेल राेकिएकाे थियाे। साेही समयमा पछाडिबाट आइरहेकाे रेल ठाेकिँएकाे हाे। घटनाकाे थप छानबिन भइरहेकाे प्रहरीले जनाएकाे छ।
इजिप्ट र उत्तर अफ्रिकाकाे सबैभन्दा पुरानो र सबैभन्दा ठूलो रेल नेटवर्क छ। यहाँ रेल दुर्घटना हुनुलाई सामान्य रुपमा लिइन्छ। सन् २०१७ मा १७ सय ९३ रेल दुर्घटना भएका थिए। ०१८ मा एक यात्रुवाहक रेन असवानको दक्षिणी सहरमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए।
एक वर्ष अगाडि अलेक्जान्ड्रियाको भूमध्य बन्दरगाह सहर बाहिर दुईवटा यात्रुवाहक रेल एक आपसमा ठोकिँदा ४३ व्यक्तिको मृत्यु भएकाे थियाे। ०१६ मा कायरो नजिक दुई यात्रु रेल ठाेकिँदा ५१ जनाले ज्यान गुमाएका थिए।
इजिप्टको सबैभन्दा ठूलाे रेल दुर्घटना सन् २००२ मा भएको थियो। कयरबाट दक्षिणी इजिप्ट जाँदै गरेको द्रुत रेलमा आगलागी हुँदा ३०० भन्दा बढीले ज्यान गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।