काठमाडाैं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराेधका बाबजुद बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको जन्मशताब्दी समारोहमा भाग लिएका छन्। शुक्रबार उनले बंगलादेशका संस्थापक तथा वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजीबुर रहमानको ५० औं जन्म शताब्दी समारोहमा भाग लिएका हुन्।
मोदीको भ्रमणकाे पूर्वसूचना पाउन साथ ढाकास्थित बैतुल मोकर्रम मस्जिदमा हिंसात्मक प्रदर्शन भएकाे थियाे। प्रदर्शनकारीलाई तिरबितर बनाउन प्रहरीले अश्रु ग्याँस र रबरको गोलीसमेत प्रहार गरेकाे अलजजिराले जनाएकाे छ। केही प्रदर्शनकारीहरु घाइतेसमेत भएका छन्।
शुक्रबारको प्रार्थना पछि सयौं प्रदर्शनकारीहरू मस्जिदको बाहिर जम्मा भएका थिए। एउटा समूहले मोदीको अनादरको चिह्न रूपमा आफ्नो जुत्ता उठाउन थालेपछि अर्को समूहले उनीहरूलाई रोक्न खोजेपछि हिंसात्मक झडप भएकाे प्रत्यक्षदर्शीहरुले बताएका छन्।
स्थानीय मिडियाले भने जुत्ता बोक्नेलाई सत्तारुढदल अवामी लिग पार्टीका कार्यकर्ताले राेक्न खोजेपछि झडप भएकाे बताएका छन्।
सोमय टिभीका अनुसार कम्तिमा ४० जना घाइते भएका छन्। घाइतेहरुमा पत्रकारहरू पनि रहेकाे जनाइएकाे छ। उनीहरूकाे ढाका मेडिकल कलेज अस्पतालमा उपचार भइरहेकाे छ।
गत वर्ष कोरोनाभाइरस महामारीको सुरु भएपछि मोदीले दुईदिने ढाका भ्रमण गरेका थिए। यता श्रीलंका, नेपाल, भुटान र माल्दिभ्स पनि उनले उच्चस्तरिय भ्रमण गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।